तारकेश्वर नगरपालीकाको नगरशिक्षा समिति गठन, को को छन समितिमा ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालीकाका मेयर कृष्ण हरी महर्जनले तारकेश्वर नगरशिक्षा समिति गठन गर्नुभएको छ ।
तारकेश्वर नगरपालीकाको नगर शिक्षा ऐन २०७६(संशोधन सहित) मा नगरपालीकाका मेयर अध्यक्ष रहने गरि शिक्षा समिति गठन गरिने उल्लेख गरिएको छ । नगर शिक्षा ऐनले दिएको अधिकार प्रयोग गरेर मेयर महर्जनले शिक्षा क्षेत्रमा लामो समय देखि योग्दान दिनुभएका विशिष्ट व्यक्तिहरु तथा ऐनमा उल्लेख गरिएको पदेन सदस्यहरुलाई समितिमा मनोनीत गर्नुभएको हो ।
तारकेश्वर नगर शिक्षा ऐन २०७६(संशोधन सहित) मा उल्लेख भए अनुसार शिक्षा समितिको अध्यक्षमा मेयर महर्जन, पदेन सदस्यमा उपमेयर सृजना बुर्लाकोटी (अर्याल), पदेन सदस्यमा नगर कार्यपालीका सदस्य २ जना मध्यबाट ( परशुराम अर्याल र अञ्जु बस्नेत), पदेन सदस्यमा प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे र समितिको सदस्य सचिबमा तारकेश्वर नगरशिक्षा प्रमुख होमनाथ न्यौपाने रहनु भएको छ ।
त्यस्तै, मेयर महर्जनले शिक्षा क्षेत्रमा योग्दान दिनुहुने शिक्षाबिद/बुद्धिजिवीहरु, सामुदायीक र संस्थागत विद्यालयको प्रतिनिधित्व रहने गरी ७ जना सदस्य मनोनीत गर्नुभएको हो । जस अनुसार शिक्षा समितिमा बिज्ञहरुको तर्फबाट राजेन्द्रप्रसाद तिमिल्सीना, सामुदायीक बिद्यालयका प्रधानाध्यापक तथा शिक्षहरुको तर्फबाट गोबिन्द तिमिल्सीना, शिक्षाविद/बुद्धिजीविहरुको तर्फबाट हरिकृष्ण अर्याल, मदन फुंयाल, रबिना महर्जन र ध्रुब तिमिल्सीना तथा संस्थागत विद्यालयहरुको तर्फबाट धनबहादुर पुन मनोनीत हुनुभएको छ ।
मनोनीत सदस्यहरुको कार्यकाल २ बर्षको रहने छ । मनोनीत हुनुभएका नगरशिक्षा समितिका सम्पुर्ण पदाधीकारीहरुलाई सगरमाथा पोष्टको तफबाट हार्दिक बधाई र सुभकामना ।

प्रतिक्रिया दिनुहोस्

Array