अपांगता आफैमा कम्जोरी नभई मानिसमा हेर्ने दृष्टीकोण र सोचाई गलत : मेयर महर्जन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० भाद्र २०७९, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालीकाका मेयर कृष्ण हरी महर्जनले नगरपालीका भित्र बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुको पहिचान गरी सम्मानपुर्वक बाँच्नका निम्ती नगरपालीकाले अबिभावकत्व निर्वाह गर्ने बताउनुभएको छ ।
सेभ द चिल्ड्रेन र युनिसेफसंगको सहकार्यमा सिवीसले आइतबार धर्मस्थलीमा आयोजना गरेको अपांगता पहिचान र परिचयपत्र वितरण सम्बन्धी स्थानीय अपांगता समन्यव समितिको लागि एकदिने अभिमुखीकरण कार्यक्रममा बोल्दै मेयर महर्जनले अपांगता आफैमा कम्जोरी नभई मानिसमा हेर्ने दृष्टीकोण र सोचाइ गलत रहेको बताउनुभयो ।
अपांगता भएका व्यक्तिहरुले समाजमा अन्य नागरिक भन्दा धेरै उदाहारणीय कामहरु गरेको आफुले देखेको बताँउदै मेयर महर्जनले सक्षम मानिस बन्नको निम्ती शरिर भन्दा सोच, बिचार र क्षमता साङग हुनुपर्ने बताउनुभयो ।

No description available.
मेयर महर्जनले तारकेश्वर नगरपालीका भित्र बसोबास गर्ने अपांगता भएका नागरिकहरुलाई वडा कार्यालयहरुसंग समन्वय गरेर तत्काल उनिहरुको तथ्यांक संकलन गरेर आवश्यक सेवा सुविधा दिनका लागि नगरपालीकाको महिला विकास शाखालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघका पुर्व अध्यक्ष सुर्दशन सुवेदीले अपांगता परिचयपत्र वितरण र त्यसका निम्ती रहेका जटिलताका बिषयमा तारकेश्वर नगरपालीका नवनियुक्त स्थानीय अपांगता समन्यव समितिका पदाधीकारीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
तारकेश्वर नगरपालीकाकी उपमेयर सृजना बुर्लाकोटी अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नगरपालीकाका प्रमुख प्रशासीय अधिकृत नेत्रप्रसाद घिमिरे, महिला विकास शाखाकी प्रमुख प्रतिमा मिश्र, रामलक्षमण इनोभेसन प्रा.लिका निर्देशक बैकुण्ठ रिमाल, राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य रबिन मैनाली लगायतको उपस्थीति रहेको सिविसका परियोजना निर्देशक उमंग मैनालीले बताउनुभयो ।

No description available.

No description available.

df

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array