उत्तरी नाका बन्द हुँदा व्यवसायी मर्कामा परेः कोइराला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २१ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ , नेपाली कांग्रेसका सांसद सुजाता कोइरालाले उत्तरी नाका लामो समयदेखि बन्द हुँदा व्यापार व्यवसाय प्रभावित भएको भन्दै कूटनीतिक संवादमार्फत समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उहाँले लामो समयसम्म सीमा नाकामा चाडपर्वका लागि भनेर आयात गरिएका सामान रोकिँदा व्यवसायी मर्कामा परेकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । पूर्व परराष्ट्रमन्त्री समेत रहनुभएकी सांसद कोइरालाले नेपालको स्थापित मूल्य र मान्यता तथा तटस्थ परराष्ट्र नीतिको सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array