काठमाण्डौंमै काँग्रेसको विधान मिचियो, क्षेत्र नं ६ ख बाहेकका १९ प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट बिधान बिपरीत उम्मेद्धवार सिफारीस

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ भाद्र २०७९, बुधबार
5 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचका लागि काठमाण्डौ क्षेत्र नं ६ ख बाहेक अन्य सबै प्रदेश निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसको केन्द्रीय कार्यालयको परिपत्र र काँग्रेसको विधान बिपरीत उम्मेद्धवारको नाम सिफारीस भएको छ ।
काठमाण्डौंका १० निर्वाचन क्षेत्रका २० प्रदेश कार्यसमिति मध्य क्षेत्र नं ६ को ख प्रदेश सभाले मात्र बिधान बमोजिम क्षेत्रीय कार्यसमितिलाई उम्मेद्धवारको नाम सिफारीस गरेको पाइएको छ । काठमाण्डौं क्षेत्र नं ६ प्रदेश सभा क ले त बैठकमा टिपिएका ६० जना उम्मेद्धवारको नामनै क्षेत्रलाई सिफारीस गरेको छ ।
काठमाण्डौं क्षेत्र नं ६ का सभापति श्याम खडगीले धेरै प्रदेश कार्यसमितिले बिधानलाई नटेकी आफु खुसी, आफु अनुकुलताकालाई उम्मेद्धवार सिफारीस गरेको बताउनुभयो । उहाँले भन्नुभयो “म क्षेत्रीय सभापती भएपनि मेरै क्षेत्रको क प्रदेशले सिफारीस गरेको ६० जना मध्य धेरैको नाम मैले पनि सुनेको छैन्”
खडगी क्षेत्रीय सभापति रहेको क्षेत्र नं ६ ख ले भने काँग्रेसको बिधान बमोजिमनै उम्मेद्धवार सिफारीस गरेको छ । जस अनुसार क्षेत्र नं ६ ख ले प्रत्यक्षमा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सभापति बिष्णुभक्त तिमिल्सीना, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर अधिकारी र प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख का सदस्य तथा नेपाली काँग्रेस बाग्मती प्रदेश प्रतिनिधि राजकुमार महर्जन डंगोलको नाम सिफारीस गरिएको छ । त्यस्तै समानुपातीक तर्फ नेपाली काँग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खडगी र प्रदेशसभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं ६ ख की सचिब सीता घिमिरेको नाम सिफारीस गरिएको छ ।

के छ विधानमा ?

No description available.
नेपाली काँग्रेसको विधानको धारा ३०, धारा ३३(२) तथा धारा ६९ बमोजिम योग्यता पुगेका व्यक्तिहरु मध्येबाट प्रत्यक्ष तर्फका लागि बढीमा तिन जना र समानुपातीक तर्फका लागि समानुपातीक सिद्धान्तलाई समेत ध्यानमा राखि कम्तिमा एक महिला सहित बढीमा दुई जनाको नाम सिफारीस गनुपर्ने उल्लेख गरिएको छ । प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातीक तर्फ उम्मेद्धवार छनौटका लागि प्रदेश सभा क्षेत्रीय कार्यसमिति, सो क्षेत्र भित्रका केन्द्रीय महाधिवेशन प्रनिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरुको संयुक्त बैठकले सकेसम्म सहमती र नभएमा बहुमतले क्षेत्रीय कार्यसमितिलाई नाम सिफारीस गर्नुपर्ने उल्लेख छ ।
क्षेत्र नं ६ प्रदेश ख का सभापति बिष्णुभक्त तिमिल्सीनाले प्रदेश ख अन्तर्गतका १५ महाधिवेशन प्रतिनिधि, ३१ प्रदेश कार्यसमिति सहित ४६ मध्यमा ३८ जनाको उपस्थीतिमा भएको बैठकले पार्टीको बिधान अनुसार बहुमतीय आधारमा प्रत्यक्ष र समानुपातीकमा नाम सिफारीस गरेको बताउनुभयो । उहाँले प्रदेश क्षेत्रीय कार्यसमितिले विधान अनुसार सिफारीस गरेपनि जिल्लाले त्यसलाई मिचेर भागवण्डा मिलाउन बिधान विपरित सिफारीस गरेको बताउनुभयो ।
हामीले पार्टीको बिधानले दिएको अधिकार प्रयोग गरेर उम्मेद्धवार क्षेत्रलाई नामहरु सिफारीस गरेका हौ सभापति तिमिल्सीनाले भन्नुभयो “जिल्लाले हाम्रो क्षेत्रबाट अन्य केहि साथीहरुको नाम थपेर प्रदेशलाई सिफारीस गरेको भन्ने सुनेको छु त्यो विधानको ठाडो उल्लंघन हो । तिमिल्सीनाले भन्नुभयो “जिल्लाले पार्टीको कुन विधानलाई टेकेर नाम थपेर पठायो म आश्चर्यमा छु, विधान कसैले नमान्ने हो भने किन बनाउनुप¥यो ?”
नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाण्डौंले भने क्षेत्र नं ६ बाट सिफारिस भएर गएको प्रदेश सभा ख का नाम सहित थप ३ जना काँग्रेसी नेताहरु श्रीराम थापा, इन्द्रमान महर्जन र इच्छाराम कार्कीको नाम पनि सिफारिस गरेको छ ।
नेपाली काँग्रेस काठमाण्डौंका सभापति कृष्णसबुज बानियाँले प्रदेश र क्षेत्रबाट आफुहरु अन्यायमा परेको भन्दै जिल्लामा निवेदन दिएकाहरु मध्यलाई छानवीन गरेर प्रदेश कार्यसमितिमा उम्मेद्धवारका लागि नाम सिफारीस गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “चुनावको समय छ, साथीभाईहरु अन्यय प¥यो भनेर चित्त दुखाएर आउनुभयो, फेरी स्थानीय निकायको जस्तो तलबाट निर्णय हुने कुरा पनि होइन्, माथीका नेताहरुले निर्णय गर्नुहुन्छ भनेर मैले सबैलाई समेटेर नाम सिफारीस गरिदिएको हुं”
काँग्रेसको बिधानमा जिल्लालाई उम्मेद्धवार थपघट गर्ने कुनै अधिकार नभएको अवस्थामा जिल्लाले थप गरेको उम्मेद्धवारको बैधानीकतामा प्रश्न उठेको छ । सभापति बानियाँले पार्टीको बिधान र अधिकार भन्दा पनि पार्टी संगठनको आवश्यकतालाई हेरेर उम्मेद्धवार सिफारीस गरिएको बताउनुभयो ।

काठमाण्डौंको १० क्षेत्रबाट प्रत्यक्षमा को को सिफारिस ?
काठमाडौं १ – प्रकाशमान सिंह
काठमाडौं २ – लोकेश ढकाल, दीपक कुइँकेल र प्रतिमा गौतम
काठमाडौं ३ – अम्बिका बस्नेत, सन्तोष चालिसे र हरिबोल भण्डारी
काठमाडौं ४ – गगन थापा
काठमाडौं ५ – डा. प्रकाशशरण महत, रमेश खड्का, श्याम खड्का, प्रेम खड्का, दामोदर खड्का, सुधा शर्मा, सम्पूर्णनारायण श्रेष्ठ
काठमाडौं ६ – भीमसेनदास प्रधान र कृष्ण बानिँया (सबुज)
काठमाडौं ७ – विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, डा.रामशरण थपलिया, निलकाजी शाक्य, प्रमोदहरि गुरागाई, सरोज थापा, सुशील भट्ट, प्रमिलासिंह डंगोल
काठमाडौं ८ – राजुराज जोशी र सपना जोशी
काठमाडौं ९ – ध्यानगोविन्द रञ्जित, नानु बास्तोला, तीर्थराम डंगोल, गौरिप्रसाद दवाडी, जयकृष्ण महर्जन र धर्मराज गौतम
काठमाडौं १० – राजन केसी

काँग्रेस केन्द्रीय कार्यसमितिले गरेको परिपत्र

 

No description available.

No description available.

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array