जिल्ला प्रशासन कार्यालय सिरहाले आर्केष्ट्रा गर्न लगायो रोक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

गोलबजार, जिल्ला प्रशासन कार्यालय सिरहाले नेपाली समाजको सामाजिक सांस्कृतिक चाडपर्वमा विकृतिको रूप लिँदै गरेको आर्केष्ट्रालगायत तडकभडक सिर्जना हुने कार्यक्रममा रोक लगाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलद्वारा सूचनामा भनिएको छ, “नेपाली समाजमा समाजिक सांस्कृतिक चाडपर्व आउने क्रममा छन् । चाडपर्व मनाउने संस्कार परम्परादेखि नै चलिआएकोमा वर्तमान समयमा भड्किलो हुँदै गएको सर्वविदितै छ । यसले गर्दा शान्ति सुरक्षमा चुनौती थपिएको छ । युवामा सांस्कृतिक विचलन बढ्दो छ । उच्छृङ्खलता बढ्दै गएको छ । सांस्कृतिक मूल्यमान्यतामा ह्रास आएको छ । यी विषय गम्भीर चुनौतीको रूपमा रहेको छन् ।”

प्रशासनले चाडपर्व संयमितरूपले मनाउने वातावरणको सिर्जना गर्न, परम्परा र सांस्कृतिक जगेर्ना गर्न तथा शान्ति सुरक्षा बहाल गर्नका लागि जिल्लाभरि नै आर्केष्ट्रालगायतका तडकभडक सिर्जना गर्ने कार्यक्रम निषेध गरिएको जनाएको छ । अटेर गरी कार्यक्रम आयोजना गरेमा कानूनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array