निजामती सेवा दिवसको अवसरमा तारकेश्वरमा जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपुर्ण फुटबल आयोजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । १९ औ निजामती सेवा दिवसको अवसरमा तारकेश्वरमा जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।
तारकेश्वर १० स्थीत जिएए हलमा आयोजना गरिएको मैत्रीपुर्ण फुटबलमा पुरुष र महिला गरी दुई अलग समुह बिच प्रतिष्पर्धा गरिएको थियो । प्रतियोगिताका पुरुष र महिला दुवै समुहमा कर्मचारीले जित हाँसील गरेका छन् ।
पुरुष समुह तर्फ कर्मचारी टिमले जनप्रतिनिधि टिमलाई दुई गोल अन्तरले पराजीत गरेका छन् । जस अनुसार कर्मचारीले ८ गोल र जनप्रतिनिधिले ६ गोल हानेका थिए । पुरुष जनप्रतिनिधिको टिमको नेतृत्व गदै तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जन, वडा अध्यक्षहरु कबिराज बस्नेत, कुमार राई, श्यामकृष्ण सापकोटा, सम्भु फुंयाल, परशुराम अर्याल, श्यामकृष्ण महर्जन, वडा सदस्यहरु बाबुराम पौडेल, बिनोद घले, किशोर भण्डारी, बिक्रम महर्जन, रामचन्द्र घिमिरे लगायतका जनप्रतिनिधिहरुको समुह मैदानमा उत्रिएका थिए भने कर्मचारीहरुको तर्फबाट तारकेश्वर नगरशिक्षा प्रमुख होमनाथ न्यौपाने, प्रशासन शाखाका नायव सुव्वा राजुप्रसाद तिमिल्सीना, तारकेश्वर नगरपालीकाका अधिकृत तिर्थराज थापामगर, इन्जीनियर पारश थापा र हरीराम प्याकुरेल, नरहरी गौतम, इश्वर अम्गाई, सागर अर्याल, पंख शाही, लगायत मैदानमा उत्रिएका थिए । खेलका क्रममा तारकेश्वरका मेयर कृष्णहरी महर्जन सामान्य घाइते समेत हुनु भएको थियो । घुडामा सामान्य चोट लागेका मेयर महर्जनलाई खेलमैदानमा खटिएका स्वास्थ्यका कर्मचारीहरुले प्राथमीक उपचार गरेका थिए ।
त्यस्तै महिला समुह तर्फ पनि कर्मचारी टिमले जनप्रतिनिधि टिमलाई १ गोल अन्तरले पराजीत गरेका छन् । जस अनुसार कर्मचारी टिमले ४ गोल र महिला जनप्रतिनिधि टिमले ३ गोल हानेको तारकेश्वर नगरपालीकाका अधिकृत तथा १९ औ निजामती सेवा दिवस कार्यक्रमका संयोजक तिर्थ थापामगरले जानकारी दिनुभयो ।
मैत्रीपुर्ण खेल पछि छोटो प्रतिकृया दिंदै तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जनले प्रतियोगिताले जनप्रतिनिधि र कर्मचारी बिचमा आत्मीयता बढाउन सहयोग पुग्ने बताउनुभयो ।तारकेश्वरको बिकासमा जनप्रतिनिधि र कर्मचारी एउटै रथका दुई पाटा रहेको बताँउदै मेयर महर्जनले दुवै पक्षको संयोजनले मात्र तारकेश्वरको बिकास संमृद्धिमा सहयोग पुग्ने बताउनुभयो ।

May be an image of 11 people and people standing

fg

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array