बाग्मती प्रदेशका काँग्रेस सभापतिहरुद्धारा प्रधानन्त्रीसंग भेट, निर्वाचन क्षेत्र भित्र न्युनतम एक काँग्रेसको उम्मेद्धवारी माग

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । बाग्मती प्रदेशका १३ जिल्लाका नेपाली काँग्रेसका सभापतिहरुले आज प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई संयुक्त रुपमा भेटघाट गरेका छन् ।
प्रधानमन्त्री संगको भेटका क्रममा जिल्ला सभापतिहरुले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्ता गठवन्धन दलहरु विचको चुनावी तालमेल हुदा प्रत्येक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र भित्र न्यूनतम एक नेपाली काग्रेसको ऊमेद्धवारको सुनिश्चितताको माग गरेका छन् ।

No description available.

No description available.
प्रधानमन्त्री देउवालाई जिल्ला सभापतिहरुले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचको लागि उचित मुल्यंकन गरेर न्यायोचित रुपमा टिकट बितरण गर्न आग्रह समेत गरेको प्रधानमन्त्री संगको भेटमा सहभागी हुनुभएका नेपाली काँग्रेस नुवाकोटका सभापति रमेश महतले जानकारी दिनुभयो ।
भेटका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सभापतिहरुको मागहरु सकारात्मक रहेको बताँउदै कार्यान्वयनको लागि आवश्यक पहल गरिने आश्वासन दिनुभयो ।
प्रधानमन्त्रीसंगको भेटमा नेपाली काँग्रसका जिल्ला सभापतिहरु रामनाथ अधिकारी धादिङ, रमेश महत नुवाकोट, कृष्ण सबुज बानियाँ काठमाण्डौं, दुर्लभ थापा भक्तपुर, जितेन्द्र श्रेष्ठ ललितपुर, तिर्थ लामा काभ्रे, बर्मा लामा दोलखा र जंग बहादुर लामा सिन्धुपाल्चोक सहित ८ जिल्लाका काँग्रेस सभापतिहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array