साक्षरता दिवसको अवसरमा तारकेश्वर नगरपालिकाद्धारा विद्यार्थी, शिक्षक र उत्कृष्ट शैक्षिक संस्थालाई सम्मान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ भाद्र २०७९, बिहीबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरी महर्जनले तारकेश्वर नगरपालिका भित्रका सामुदायीक र संस्थागत विद्यालय बिच शैक्षिक गुणस्तर बृद्धिका निम्ती हातेमालो गराँउदै थ्रि पि मोडलमा अगाडी बढाइने बताउनुभएको छ ।
५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा तारकेश्वर नगरपालीका शिक्षा समितिले धर्मस्थलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै मेयर महर्जनले तारकेश्वरको शैक्षिक बिकासका निम्ती नगरपालिकाले बिगतको भन्दा ७ गुणा बढी बजेट बिनियोजन गरेको बताउनुभयो ।
सामुदायीक विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन सक्दैन भन्ने समाजमा भ्रम रहेको बताँउदै मेयर महर्जनले तारकेश्वर नगरपालीकाका सामुदायीक विद्यालयमा गुणात्मक शिक्षा छ र सबै खाले बालबालीकाहरु अध्ययन गर्न सक्छन भन्ने शन्देश दिन चाहेको बताउनुभयो ।
तारकेश्वर नगरपालिकालाई शैक्षिक हबको रुपमा बिकास गर्न चाहेको बताँउदै मेयर महर्जनले तारकेश्वर युनिर्भसिटी सञ्चालन गर्ने बिषयमा अध्ययन भइरहेको समेत बताउनुभयो ।

No description available.
तारकेश्वर नगरपालीकाकी उपमेयर सृजना बुर्लाकोटी अर्यालले सामुदायीक र संस्थागत विद्यालय बिचको असमानता अन्त्य गदै गुणस्तरीय शिक्षाका निम्ती नगरपालिकले काम गर्ने बताउनुभयो ।

No description available.
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरेले सामुदायीक विद्यालयहरुमा व्यवस्थापन समिति गठन गर्ने क्रममा गैर शैक्षिक कृयाकलाप हुने गरेको बताँउदै त्यस्ता कृयाकलापहरुलाई रोक्न शिक्षा समिति लाग्नु पर्ने बताउनुभयो ।
सामुदायीक र संस्थागत विद्यालयहरुलाई मापदण्ड अनुसार सञ्चालन र व्यवस्थान गर्नका निम्ती लागिपर्नुपर्ने बताँउदै घिमिरेले विद्यालयमा राजनीतिको प्रवेशलाई निशेध गदै वाललालिकाहरुलाई पठन पाठनका निम्ती उचित वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।

No description available.
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं  ३ का अध्यक्ष तथा नगरशिक्षा समितिका सदस्य परशुराम अर्यालले तारकेश्वरको शिक्षा क्षेत्रको सुधारका निम्ती शिक्षा समिति अलि बढी जिम्मेवार बनेर अनुगमनलाई प्रभावकारी ढंगले अगाडी बढाउने बताउनुभयो ।अर्यालले सामुदायीक र संस्थागत विद्यालयको सुधारका निम्ती हरेक कुरालाई नजिकबाट मिहिन ढंगले अनुगमन गरिने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “संस्थागत विद्यालय भित्रका कतिपय कुराहरुलाई सुधार गर्नुपर्ने अवस्था छ, त्यो हामी सबैले मनन गर्नुपर्दछ, साथै समुदायीक विद्यालयको हकमा पनि त्यसको प्रशासकीय कुरा, त्यसको व्यवस्थापीय कुराहरुमा अग्रगामी सुधारको जरुरी रहेको छ, आगामी दिनमा तारकेश्वर नगरपालीकालाई उन्नत शैक्षिक हबको रुपमा विकास गर्ने महान अभिलासा छ, त्यसमा सबैको सहयोगी हात आवश्यक छ ।”
५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको उपलक्ष्यमा तारकेश्वर नगरपालीका शिक्षा समितिले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने संस्थागत र सामुदायीक विद्यालयका विद्यार्थीहरु, शिक्षकहरु र विद्यालयलाई सम्मान गरिएको थियो । एसईई परिक्षामा तारकेश्वर नगरपालिका भित्रका सामुदायीक तथा संस्थागत विद्यालयबाट सर्बोत्कृष्ट जिपिए ल्याउने छात्र र छात्रा तर्फका ३ उत्कृष्ट विद्यार्थीहरुलाई क्रमश प्रथमलाई रु २० हजार, द्धितियलाई १० हजार र तृतीयलाई रु ६ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

यि हुन पुरस्कार पाउने विद्यार्थी र विद्यालयहरु

No description available.

No description available.

No description available.

vbb

प्रतिक्रिया दिनुहोस्

Array