डेंगो संक्रमण रोक्न तारकेश्वर नगरपालिकामा स्वास्थ्यकर्मी परिचालन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकामा डेंगो रोगको संक्रमण रोक्न स्वास्थ्यकर्मी परिचालन गरिएको छ । तारकेश्वर नगर स्वास्थ्य मार्फत प्रत्यक वडाका शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकिमा कार्यरत स्वास्थ्यकर्मीहरु तथा महिला स्वयमसेवीकाहरुलाई परिचालन गरिएको हो ।
पछिल्लो केहिदिन यता काठमाण्डौंमा डेंगोको संक्रमण बढदै गइरहेको अवस्थामा तारकेश्वर नगरपालिकाले सजगता अपनाउँदै स्वास्थ्यकर्मी परिचालन गरेको तारकेश्वर नगर स्वास्थ्यका प्रमुख बिनोद कुमार शाहले बताउनुभयो ।
वडा मार्फत परिचालन हुने स्वास्थ्यकर्मीहरुले शहरका बिभिन्न चोक तथा गल्लीहरुमा माइकिङ गर्ने, डेंगोबाट बच्ने उपायहरुको बारेमा सचेतना फैलाउने, पोष्टर र ब्रोसरहरु बितरण गर्नेछन् । साथै स्वास्थ्यकर्मीहरुले वडाका प्रत्यक विद्यालयहरुमा पुगेर वालवालीका र शिक्षकहरुलाई समेत डेंगो रोगबाट बच्ने उपायका बारेमा सिकाउने छन् ।

No description available.
यसै बिच, तारकेश्वर नगरस्वास्थ्यले हिजो तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल सहित तारकेश्वरका बिभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकहरु र विद्यार्थीहरु माझ डेंगो रोगको सचेतना सम्बन्धी प्रस्तुती गरेको छ । तारकेश्वर नगरपालीकाको हल धर्मस्थलीमा आयोजना गरिएको कार्यक्रममा नगरस्वास्थ्य प्रमुख बिनोद कुमार शाहले काठमाण्डौं उपत्यकासंगै तारकेश्वर नगरपालिका भित्र पनि डेंगोका बिरामीहरु बढन थालेको बताँउदै समयमानै रोक्न नसकिए भयावह स्थीति आउन सक्ने बताउनुभयो ।
डेंगो रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुको एकल प्रयासले मात्र सम्भब नहुने बताँउदै स्वास्थ्यप्रमुख शाहले त्यसको निम्ती नगरवासीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । शाहले डेंगो रोग नियन्त्रणका लागि घर दैलोमा पुग्ने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्न नगरवासीहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा नगरस्वास्थ्य शाखाका राधा थपलिया, गणेश कुंवर र शोभा आचार्य सहितको उपस्थीति रहेको थियो ।
यस अघि नगरप्रमुख कृष्ण हरी महर्जनले नगरवासीहरुलाई रोग र महामारीको संक्रमणबाट बचाउनको लागि तारकेश्वर नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताँउदै स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न नगरस्वास्थ्यलाई निर्देशन दिनुभएको थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस्

Array