अवैध संरचना भत्काउँदा निस्किएका सामग्री व्यवस्थापन गरिँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

 काठमाण्डौं । अवैधरुपमा निर्माण गरिएका संरचना भत्काउने क्रममा निस्किएका सामग्री व्यवस्थापनको काम आगागी हप्तासम्ममा सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । नक्सा विपरित निर्माण भएका, नक्सा अनुरुप निर्माण भए पनि सोही अनुरुप प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने क्रममा निसिकएको सबै सामग्री केही यस अघिनै व्यवस्थापन भएको र बाँकी रहेकाको पनि आगामी आईतबारदेखि व्यवस्थापन गरिने जनाइएको छ ।

“अवैधरुपमा संरचना निर्माण गर्नु पहिलो गल्ती हो, भत्काएपछि व्यवस्थापनको काम पनि कामपाले नै गर्नुपर्ने अचम्म छ, भत्काउँदा अधिकांश वस्तु फोहरको रुपमा जाने हँदा फोहर व्यवस्थापनको काम कामपाको भएकाले आगामी हप्ता ती सबै सामग्रीको व्यवस्थापन हुन्छ”, कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो ।

अहिले कामपाले कानुनविपरीत निर्माण भएको सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना भत्काउने काम निरन्तर गरिरहेको छ । नगर प्रहरी पाण्डेका अनुसार कानूनीरुपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ । कामपाले नक्साअनुरुप वैध, अवैध यकिन गरिरहेको छ ।

उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वर कम्प्लेक्स तथा काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका करिब १४ वटा साना पसल र बानेश्वरमा रहेको अल्फाबिटामा पनि निर्माणविपरीत प्रयोग भएका संरचना भत्काइएका छन् । त्रिपुरेश्वरको वल्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय विज्ञापन हटाइसकेको छ । एक साताअघि वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीन वटा भ¥याङ पनि कामपाले डोजर लगाएर भत्काइसकेको छ ।

त्यसैगरी विगत दुई दिनमा कामपाले बालाजु नयाँ बसपार्क आसपास र कोटेश्वरमा गरी एक सय बढी कानूनविपरीत निर्माण भएका संरचना भत्काइसकेको छ । गत आइतबार कोटेश्वर प्रहरीचौकी नजिकैको ५० भन्दा बढी अवैध संरचना भत्काइएको थियो भने सोमबार पनि बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० भन्दाबढी अवैध संरचना भत्काइयो ।

यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भ¥याङ छन् । अवैधरुपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउन ३५ दिने सूचना जारी गरिएको थियो । सार्वजनिक सूचना बेवास्ता गरेपछि ती संरचनामा डोजर चलाउन कामपा बाध्य भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array