तारकेश्वरका वडा अध्यक्षनै समुदायीक विद्यालयहरुको व्यवस्थापन समिति अध्यक्ष रहने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका भित्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धीत वडाका अध्यक्षनै व्यवस्थापन समितिको अध्यक्ष रहने गरि तारकेश्वर नगरशिक्षा ऐन संशोधन गरिएको छ ।
तारकेश्वर नगरपालिकाको एघारौं नगरसभाबाट तारकेश्वर नगरपालिका शिक्षा ऐन (पहिलो संशोधन)२०७६ संशोधन गरि स्थानीय राजपत्रमा समेत प्रकाशन गरिएको छ । तारकेश्वर नगरकार्यपालिकाको साउन २५ गते बसेको बैठकले संसोधित ऐन बमोजिम व्यवस्थापन समिति गठन नभएको विद्यालयहरुमा तत्कालै र व्यवस्थापन समिति गठन भइसकेका विद्यालयहरुमा २०८० बैशाख देखि वडा अध्यक्षनै व्यवस्थापनको अध्यक्ष रहने गरी व्यवस्था गर्न तारकेश्वर नगशिक्षाले सम्बन्धीत विद्यालयहरुलाई पत्राचार गरेको छ ।
विद्यालय व्यवस्थापन समिति गठनमा हुने राजनैतिक दाउपेचलाई अन्त्य गदै सामुदायीक विद्यालयहरुमा गुणस्तरीय शिक्षा दिनका लागि तारकेश्वर नगरशिक्षा ऐनको संशोधन गरिएको बताइएको हो ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्

Array