गाली सहन तयार छौं,अनधिकृत भौतिक संरचना हटाउने अभियान रोकिन्न :मेयर बालेन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ भाद्र २०७९, आईतवार
6 Min Read
Aa

काठमाडौं । डोजर पछिपछि अघिअघि थिए, कालो चस्मावाला मेयर बालेन साह । उनको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो । यो दृश्य काठमाडौं महानगर कार्यालय केही दूरीमा रहेको सुन्धारास्थित काठमाडौं मल अगाडिको हो । मलअगाडि नक्साविपरीत निर्माण भएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले गत ८ भदौमा डोजर चलायो, जतिबेला महानगरपालिका प्रमुख साह स्वयं ‘ फिल्ड’मा खटिएका थिए । काठमाडौं मल अगाडि डोजर चलेको दोस्रो दिन गत ९ भदौमा नयाँ बानेश्वरस्थित अल्फाबिटा अगाडि पनि यस्तै दृश्य देखियो । सुरुमा बालेनसहितको टोली त्यहाँ निरीक्षणमा पुग्यो । विवादको केही छिनपछि नक्सासहित बालेन अघिअघि पुगे भने पछिपछि डोजर । ढिलै नगरी डोजर नक्साविपरीतका संरचना भत्काउन थाले । यी केही उदाहरण मात्र हुन् ।

महानगरपालिकाले एक महिनायता सयभन्दा बढी ठाउँमा अनधिकृत संरचना हटाउन डोजर चलाइसक्यो । महानगर प्रमुख (मेयर)मा बालेनको उदयपछि ‘अनधिकृत संरचना हटाउने’ अभियान नै चलेको छ । यो अभियान जारी रहने जनाउँदै महानगरले ‘जे प्रयोजनका लागि नक्सा पास भएको हो, त्यसअनुसार हुनुपर्ने’मा सचेत गराउँदै आएको छ । सुरुमा अनधिकृत संरचना हटाउन बालेन आफैं फिल्डमा खटिए । उनको निर्देशनअनुसार पछिल्लो दिन महानगर टोलीले ‘अनधिकृत संरचना हटाउने अभियान’लाई निरन्तरता दिएको छ । अब त यो अभियानलाई ‘बालेनको डोजर’को संज्ञा नै दिन थालिएको छ । गत २३ साउनमा ‘नियम सबैलाई लागू हुन्छ, नक्सा पासबिना बनाइएको संरचना हटाइन्छ’ भन्दै बालेन थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल पुगेका थिए ।

कर्मचारीसहित पुगेका उनी नर्भिक अस्पतालका केही भूभागमा ‘नियमविपरीत निर्माण भएका घर/टहरा हटाउने’bout’ लिखित सूचना टाँसेर फर्किए । दोस्रो दिन संरचना हटाउन पुगेका उनले म्याद दिएर फर्किए । पछि, सर्वोच्चले ‘सो संरचना नहटाउन अल्पकालीन आदेश’ दियो । एकपछि अर्को ‘एक्सन’ बालेनले महानगरभित्रका ठूला भवनको अवैध संरचना हटाउने कार्यलाई पहिलो प्राथमिकता दिएका छन् । महानगरले त्रिपुरेश्वरस्थित राहदानी विभाग भवनको बेसमेन्ट खाली गराइसकेको छ । ‘पार्किङका लागि’ भनेर नक्सा पास गरेकामा अन्य प्रयोजनका लागि प्रयोग भएको पाइएपछि बेसमेन्ट खाली गराइएको हो । नयाँ बानेश्वर क्षेत्रका भवन अवलोकन गरी अवैध रूपमा बनाइएका संरचना र अवैध रूपमा ‘अन्डर ग्राउन्ड’मा व्यवसाय सञ्चालन गरिएका घरमा महानगरले एक्सन लिइसकेको छ । गत २ साउनमा काठमाडौं महानगरले नयाँ बानेश्वरका ठूलाठूला भवनका ‘अन्डर ग्राउन्ड’ पार्किङ खाली गर्न निर्देशन दिएको थियो ।

पार्किङ गर्न भनी नक्सा पास गराई व्यवसाय सञ्चालन गर्न नपाइने सूचना महानगरले व्यापारी र घरधनीलाई दिएको थियो । तर, ३५ दिन कट्दा पनि घरघनीहरूले बेवास्ता गरेपछि बालेन आफैं बानेश्वर पुगेका थिए । बानेश्वर कम्प्लेक्समा बालेनले अन्डरग्राउन्ड पार्किङ खाली गर्न भत्काउनै निर्देशन दिए । महानगरले डोजर चलाएरै न्युरोडस्थित आरबी कम्प्लेक्स अगाडिको संरचना पनि भत्काएको छ । मेयर बालेनले दरबारमार्ग पुगेर नक्सा पासबिना संरचना बनाइएको भएमा तुरुन्तै हटाउन निर्देशन दिएका थिए । मेयर साहले कानुन सबैलाई बराबरी लाग्ने भन्दै काठमाडौं जिल्ला अदालतलाई पनि समय दिएको बताएका छन् ।

महानगरका अनुसार अदालतलाई नक्सासम्बन्धी विवरण उपलब्ध गराउन भनिएको छ । महानगरको टोलीले बालाजु क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । यस्तै, टुकुचा खोला किनार क्षेत्रका नक्सा पास नभई निर्माण भएका संरचना हटाउन सूचना जारी गरिसकेको छ । सात वर्षदेखि कर तिर्न बेवास्ता गर्दै आएको भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले महानगरको २४ घण्टे अल्टिमेटमपछि करिब साढे १७ लाख रुपैयाँ कर बुझाएको छ । महागरपालिकाले कर तिर्न २४ घण्टे अल्टिमेटम दिएलगत्तै फनपार्कले महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको हो । महानगरपालिको नेपाली सेना, विद्युत् प्राधिकरण लगायतका दर्जनौं निकायलाई कर तिर्न सूचनासमेत जारी गरिसकेको पाइएको छ ।

डोजर निरन्तर

अनधिकृत संरचना हटाउँदा भत्काइएका भौतिक संरचनाका कारण काठमाडौं मल अगाडिको भद्रगोल अवस्था त्यहाँ पुग्ने जो कोहीले देख्न सकिन्छ । बानेश्वर क्षेत्र, बालाजु क्षेत्रलगायतका डोजर चलेका ठाउँमा यस्तै भद्रगोल रहेको पाइएको छ । ‘यो भत्काएको अब कसले बनाउँछ

गाली सहन तयार छाैं : मेयर

काठमाडौं महानगरपालिका मेयरले महानगरका समस्याको दिगो समाधानका लागि अझै केही समय गाली र आलोचना सहन तयार रहेको बताएका छन् । कार्य प्रभारम्भ गरेको सयको दिनको अवसरमा उनले आफूहरूसँग पाँच वर्षका लागि योजना रहेको भन्दै नहतारिने जनाएका छन् । ‘हामीसँग पाँच वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै सहन तयार छौं तर हतार गरेर महानगरका समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौं । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौं,’ उनले भनेका छन् ।

नगर प्रमुख साहले गैरकानुनी कार्य निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गरिनेसमेत स्पष्ट पारेका छन् । अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी विज्ञप्तिमा उनले कुनै पनि सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको कानुनी आधार स्वतः शून्य हुने र आफ्नै स्वामित्वको वा भोगाधिकार प्राप्त गरेको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृतिबिना निर्माण कार्य गर्न नपाउनेसमेत उल्लेख गरेका छन् । ‘आफूसँग कार्यकारिणी अधिकार हुँदा पनि त्यसको प्रयोग नगरी अकर्मण्यताको अवस्थामा बस्नु उचित हुँदैन भन्ने हाम्रो दृढ मान्यता छ । कार्यकारिणीको अकर्मण्यताबाट सिर्जित दण्डहीनताको अवस्थाले गर्दा आज भयावह समस्याका उपक्रमहरू विकसित भएका हुन्,’ उनले भनेका छन् ।

मेयर साहले मिचाहा वर्गलाई कानुन मिची रहन र अझ मोटाइ रहन नदिने समेत स्पष्ट पारेका छन् । ‘सकेसम्म मिचाहा प्रवृतिको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प हामीसँग खुला छन् । अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तनसम्बन्धी गैरकानुनी कार्यको थप निरन्तरता रोक्न अहिले हामी मूलतः रोकथाम तथा नियन्त्रणसम्बन्धी कारबाहीको चरणमा छौं,’ उनले भनेका छन् । राजधानीबाट ।

प्रतिक्रिया दिनुहोस्