म्यादी प्रहरीको भर्ना खुल्यो, १ लाख १५ हजारले रोजगारी पाउने, कहिले सम्म भर्न पाइन्छ ? सुचना सहित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सुरक्षामा खटिन १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन खुला भएको छ । प्रहरी प्रधान कार्यालयले ४० दिनको सेवा अवधिका लागि १ लाख १५ हजार म्यादी प्रहारीको भर्ना खुला गरेको हो ।

यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म कार्यालय समयमा फाराम भर्न सकिनेछ । सार्वजनिक बिदाका दिन पनि आवेदन लिइने सूचनामा उल्लेख छ । जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन बुझाउन सकिनेछ ।

Myadi Police vacancy 2078 cross the Limit - Mr Nepse

यसअघि २०७४ सालमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन र गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला भर्ना भएका म्यादी प्रहरीलाई यसपटक प्राथमिकता दिइने भएको छ । यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न पदमा आवेदन भरी शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भइ प्रवेशपत्र पेस गर्नेहरूलाई पनि प्राथमिकता दिइने जनाइएको छ ।
आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको, आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१-३३ इन्च, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ के.जी.भएको तथा गर्भवती नभएको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array