डेंगो रोगको सचेतनाका लागि तारकेश्वर नगरप्रवक्ता खडगी स्वास्थ्यकर्मी सहित विद्यालयमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खडगी डेंगो रोगको सचेतनाका लागि स्वास्थ्यकर्मी सहित घरदैलोमा निस्कनु भएको छ ।
अध्यक्ष खडगी आज बिहान काभ्रेस्थली स्थीत कालिदेवी उच्च माविमा स्वास्थ्यकर्मी सहित पुगेर विद्यालयका शिक्षक र विद्यार्थीहरुलाई डेंगोको संक्रमणबाट जोगिने उपायहरुको बारेमा सचेत गराउनुभएको थियो ।
शहरी स्वास्थ्य केन्द्र तारकेश्वर २ काभ्रेस्थली थुम्कीका इन्चार्ज निर्जला फुंयाल, स्वास्थ्यकर्मी शुशिला शाही, स्वास्थ्य केन्द्रका सल्लाहकार समिति संयोजक एवं सामाजीक अभियन्ता राजाराम सापकोटा, वडा सदस्य उर्मिला अधिकारी सहितको टोली विद्यालयमा पुगेर विद्यार्थीहरु र शिक्षकहरुलाई डेंगोरोग र त्यसबाट बच्ने उपायहरुको बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष खडगी कक्षाकोठामानै पुगेर विद्यार्थीहरुलाई डेंगो रोगको संक्रमण र्फलिरहेको अवस्थामा सचेत रहंदै आफु र आफनो परिवारलाई सुरक्षीत राख्न विद्यार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।
सो अवसरमा स्वास्थ्यकर्मीहरुले डेंगो रोग र यसबाट बच्ने उपायहरुको बारेमा विद्यार्थीहरु र शिक्षकहरुलाई सन्देशमुलक पर्चाहरु बितरण गरेका थिए ।
काठमाण्डौंमा डेंगो रोगको संक्रमण बढदै गइरहेपछि तारकेश्वर नगरपालिकाले सचेतना फैंलाउदै स्वास्थ्यकर्मीलाई घरदैलोमा पठाउने निर्णय गरेको थियो । नगरको निर्णय बमोजिम बिभिन्न वडाहरुमा माइकिङ गर्ने, पर्चाहरु बितरण गर्ने र डेंगोको स्वास्थ्यपरिक्षण गर्ने कामहरु भइरहेको तारकेश्वर नगर स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले बताउनुभयो ।

No description available.

No description available.

No description available.

fg

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array