अदालतबाट ६१ लाख जरिवना भएका कुँवर पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ६१ लाख ५४ हजार आठ सय ७५ जरिवना भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अदालतले बैंकिङ कसुर मुद्दामा २५ दिन कैद सजाय र रु ६१ लाख ५४ हजार आठ सय ७५ जरिवना ठहर गरेपछि फरार पर्वत घर भई काठमाडौँको नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्रबहादुर कुँवरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै विभिन्न तीन जनालाई पैसा नभएको चेक दिएर बैकिङजन्य कसुर गरेकाले उच्च अदालत पाटनको आदेशअनुसार कुँवरलाई सुन्धाराबाट पक्राउ गरी जानकारी दिनुभयो । पक्राउ कुँवरले एनआईसी एसिया बैंक लिमिटेड सोह्रखुट्टेको खातामा पर्याप्त रकम नहुँदा नहुँदै खाली चेक दिएर बैंकिङजन्य कसुर गरेको ब्यूरोले जनाएको छ । पक्राउ कुँवरलाई अदालतको आदेशअनुसार कैद भुक्तानका लागि आज डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array