चन्द्रागिरि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा आचार्य

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौं । चन्द्रागिरि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलको सरुवा भएको छ । नगरपालिकामा १९ महिना कार्यभार सम्हाल्नु भएको पौडेलको रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा सरुवा भएको हो । सरुवा हुनभएका प्रमुख प्रशासकीय अधिकृत पौडेललाई भाद्र २७ गते नगरपालिकाका मेयर घनश्याम गिरी सहित जनप्रतिनिधि र कर्मचारीहरुले भव्य विदाई गरेका छन् ।

May be an image of 5 people, people standing and indoor
त्यस्तै चन्द्रागिरि नगरपालिकामा सरुवा भई प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएका प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यलाई नगरपालिकामा स्वागत गरिएको छ । नगरपालिकाको सभाहलमा हिजो आयोजना गरिएको कार्यक्रममा आचार्यको स्वागत गदै कार्यकाल सुखद रहोस भनि कामना गरिएको थियो ।

May be an image of 16 people and people standing

May be an image of 4 people, people standing and flower

cf

प्रतिक्रिया दिनुहोस्

Array