तारकेश्वरमा एमालेको प्रतिशोध, बिरामी बिदामा बसेका मेयरलाई आरोप लगाँउदै कार्यालयमा ज्ञापनपत्र छाडीयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० भाद्र २०७९, बिहीबार
9 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरी महर्जन यति बेला रुघा, खोकी र भाइरल ज्वरोका कारण बिरामी भएर घरमानै आराम गरिरहनु भएको छ । चिकित्सकले मेयर महर्जनलाई केहिदिन घरमानै आराम गर्न सल्लाह दिएका छन् । नगरको काममा दौडधुप गर्ने क्रममा बिरामी हुनुभएका मेयर महर्जनलाई जनप्रतिनिधि, कर्मचारी र नगरवासीहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् । बिरामी हुंदामा जो कोहिलाई पनि स्वास्थ्य लाभको कामना गर्ने नेपाली परम्परा पनि हो । तर तारकेश्वर एमालेले भने मेयर बिरामी भएको मौका छोप्दै कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउन एमाले तारकेश्वरका अध्यक्ष बासु गौतम सहितको समुह हिजो नगरपालिका पुगेका थिए । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरी महर्जन बिरामी बिदामा, उपमेयर र प्रमुख प्रशासकिय अधिकृत केन्द्रीय सरकारले आयोजना गरेको कार्यक्रममा सहभागीता जनाउन जानुभएकोले हिजो कार्यालयमा अनुपस्थीत हुनुहुन्थ्यो । नगरपालिकाको जिम्मेवार व्यक्तिहरु कार्यालयमा नरहेको बेला हिजो नै एमालेले ज्ञापनपत्र नबुझाई नहुने अवस्था किन आयो त्यो चासोको बिषय बनेको छ । कार्यालयमा जिम्मेवार व्यक्तिहरु नभएपनि नेकपा एमालले तारकेश्वरले नगरपालिकाका आठौं तहका अधिकृत सम्भुप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएर र्फकिएको हो । ज्ञापनपत्रमा आजको आजै नगरपालिकाले सम्बोधन नगरीए भयाबह स्थीति आउने जरुरी बिषय पनि थिएन, मेयर निको भएर र्फकिएपछि बुझाँउदामा बिग्रीहाल्ने अवस्था पनि थिएन तारकेश्वर नगरपालिकाका एक कर्मचारीले भने “ज्ञापनपत्र देख्दामा अचम्मीत भयौं, एक दुई दिन पछि दिएको भएपनि खासै समस्यात हुने थिएन”
एमालेले बुझाएको ११ बुदें ज्ञापनपत्रमा तारकेश्वर नगरवासीको हितमा भन्दा पनि पार्टीगत स्वार्थले प्रेरित रही पुर्व मेयर बोहराले भर्ती गरेका करारका कर्मचारी कार्याकर्ताहरुको पुनरबहाली, शिक्षा ऐनको संशोधन, नगपालिका प्रति आक्षेप र आरोपहरु रहेका छन् । ज्ञापनपत्रमा लेखिएको ११ बुंदा भित्रको पहिलो र दोश्रो प्राथमीकतालाई हेर्दामा सिमित व्यक्तिलाई मात्र फाइदा पुग्नेगरी मागहरु उठान गरिएका छन् । ज्ञापनपत्रको पहिलो र दोश्रो नम्बरमा पुर्व मेयर रामेश्वर बोहराको पालामा भर्ति गरिएका एमालेका कर्मचारी र मेयरका आफ्न्ताहरुलाई पुनरबहालीको माग गरिएको छ । यि मागहरु जनतालाई राहत दिने भन्दा पनि आफ्ना कार्यकर्ताहरुलाई पुन नगरपालिकामा रोजगारी दिन केन्द्रीत छन् । यस अघि तारकेश्वरमा ५ बर्ष नेतृत्व गरेका पुर्व मेयर रामेश्वर बोहराले आफ्ना सहोदर भाई, बुहारी, आफ्न्ता र कार्यकर्ताहरुलाई तारकेश्वर नगरपालिकामा रोजगारी दिनुभएको थियो । तारकेश्वर नगर कार्यपालिकाले २०७४ साल अघिका करारका कर्मचारीको करार अवधी नथप्ने निर्णय गरेपछि पुर्व मेयर बोहरा आक्रोसीत हुनुभएको थियो ।
ज्ञापनपत्रको तेश्रो बुंदा अझ हाँस्यास्पद र रोचक छ । उखान टुक्का जोडेर लेखिएको छ “रोम जलिरहंदा बाँसुरी बजाएर बसेझै” समस्यानै समस्या भइरहंदा उक्त समस्या समाधान तर्फ लाग्नुको साँटो बिदेश सयर गरी नगरको समस्या समाधान नदिने प्रबृत्ति प्रति एमालेको ध्यानार्कषण भएको उल्लेख छ । अहिले तारकेश्वरको नेतृत्वमा नरहंदा रोम जलिरहेको देख्ने तारकेश्वर एमालेले नेतृत्व गरिरहंदाका तारकेश्वर नगरवासी प्रति तात्कालीन नेतृत्व गैर जिम्मेवार बनेको नगरवासीले भुलेका छैनन् ।

एक बर्ष अघि काठमाण्डौं उपत्यकामा कोरोनाको पहिलो लहर चलिरहेको थियो । काठमाण्डौंमा कोरोनाको संक्रमण भुसको आगो जसरी फैलिरहेको थियो । नयाँ प्रकारको रोग भएकाले त्यस बेला कोरोनाको महामारीसंगै जनतामा त्रास त्यतीकै फैलीरहेको थियो । नगरपालिकाको पिता मानिने मेयर र तात्कालीन जनप्रतिनिधिहरु त्यस्तो बेलामा उत्तरदायी बन्नुको साँटो राज्यको ढुकुटी सिध्याउन दुई हप्ता लामो रारा भ्रमणमा निस्कीएका थिए । तात्कालीन मेयर रामेश्वर बोहरा, उपमेयर भवानी डोटेल, वडा अध्यक्षहरु र जिम्मेवार कर्मचारीहरु समेत तारकेश्वर नगरपालिकाले भ्रमणको नाममा छुटयएको १० लाख  रुपयाँ खर्च गर्नका लागि रारा भ्रमणका लागि निस्कीएका थिए । त्यसबेला कोरोना महामारी यसरी फैलियो कि अन्य नगरपालिकाले संक्रमण रोक्न धमाधम आइसोलेसन बनाउन थालिसकेका थिए तर हाम्रा त्यस बेलाका जनप्रतिनिधिहरु भने रारा भ्रणमा सयर गरिरहेका थिए । त्यसबेलामा तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुलाई ध्यानार्कषण गराउन सगरमाथा पोष्ट डट कमले खबरदारी समेत गरेको थियो हेर्नुहोस हाम्रो खबरदारी सहितको समाचार

समयमानै तयारी गर्न नसक्दा तोकिए भन्दा आधा कम बेड सहित तारकेश्वरको साङलामा आइसोलेसन सञ्चालन हुने https://old.sagarmathapost.com/news/23650

रारा भ्रमणबाट र्फकिएको तात्कालीन नेतृत्वले गम्भीर रुपमा नलिंदा उपत्यका सवै स्थानीय निकायहरुमा आइसोलेसन बनेपनि तारकेश्वरमा निकै पछि मात्र आइसोलेसन बनेको थियो । त्यस बेला नेपाली काँग्रेस, अन्य पार्टी र स्थानीयले तिब्र आलोचना गरेपछि हतारहतार आइसोलेसन बनाएको नगरपालिकाले निकै हाम्मेहाम्मे गरेर अक्सीजन र अन्य सामान जुटाएको थियो । अक्सीजन सिलिण्डर पाएपनि त्यसलाई नाप्न प्रयोग हुने फ्लोरी मिटर नुवाकोटको बजार सम्म पुगेर तारकेश्वर नगरस्वास्थ्यले आइसोलेसन सञ्चालन गरेको थियो । हेर्नुस सगरमाथा पोष्टले त्यस बेलामा लेखेको समाचार  तारकेश्वर नगरपालीकामा बिकास गर्न बजेट छैन, घुमफिरमै लाखौं सिध्याइयो,https://old.sagarmathapost.com/news/23219
आफ्नो पालामा यति धेरै गैर जिम्मेवार पुर्ण तरिकाले काम भइरहंदा चुक्क समेत नबोल्ने तारकेश्वर एमाले सत्ता बाहिर रहंदामा एक सय दिनमानै नगरपालिकालाई कायापलट गरेन भनेर मेयर कृष्णहरी महर्जनको उछितो काटीरहेको छ ।
काठमाण्डौं उपत्यकामा बिकराल समस्याको रुपमा रहेको फोहरमैलाको दिर्घकालीन समाधानको उदेश्य सहित तारकेश्वरका मेयर कृष्ण हरी महर्जन एक महिना अघि जापान भ्रमणमा निस्कनु भएको थियो । तारकेश्वर नगरपालिका भित्रको फोहरमैला र ढल व्यवस्थापमा जापानी प्रविधीको प्रयोगका बारेमा मेयरको भ्रमण केन्द्रीत थियो । एक साताको जापान भ्रमणमा मेयर महर्जनले नगरपालिकाबाट एक रुपयाँ पनि नलिई आफ्नै खर्चमा भ्रमण गर्नुभएको हो । कुनै मेयरले आफ्नो खर्चमा नगरपालिकाको हितमा काम गर्छुभन्दा त्यस्ता कुरालाई प्रोत्साहन गर्नुको साँटो एमालेले जापान भ्रमणमा सयर गर्यो भन्दै हाँस्यास्पद आरोप लगाएको देख्दा नगरवासीहरु अचम्मीत बनेका छन् । तारकेश्वर नगरपालिकाका पुर्व मेयर रामेश्वर बोहराले ५ बर्षे कार्यकालमा पुग्ने हरेक बिदेश भ्रमणमा नगरपालिकाबाट सरकारी रकम लिने गर्नुभएको थियो ।
नेकपा एमाले तारकेश्वरले नगरशिक्षा ऐन २०७६ संशोधनको समेत बिरोध गरेको छ । देशको संविधान त संशोधन हुन्छ भने नगरपालिकाले बनाएको ऐन संशोधन भएको बिषयलाई निकै ठुलो बिषय बनाँउदै बिरोध गरेको छ । नगरशिक्षा ऐनले वडा अध्यक्षनै सामुदाकिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्ष हुंदामा राजनीति भएको देख्ने एमालेले आफ्नो पालामा नियुक्त गरिएका धेरै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजनीतिक पार्टीका नेताहरुनै रहेका छन् । एमालेले बिरोध गरेको संशोधित नगरशिक्षा ऐन यस अघि ललितपुर महानगर, भक्तपुरको सुर्यविनायक नगरपालिका, रसुवाको गोसाँईकुण्डा गाँउपालीका लगायतका धेरै स्थानीय निकायमा बेष्ट प्रक्टीसको रुपमा लागु भइसकेको छ । ललितपुर महानगरपालिका भित्रका सामुदायीक विद्यालयमा २०७६ साल देखिनै वडा अध्यक्षहरु विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रुपमा काम गर्द आइरहेका छन् । एमालेको बिरोध ऐनमा केन्द्रीत भएपनि चिन्ता चाँही आफ्ना पालामा बनाइएका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु हटने भए भन्ने नै रहेको देखिन्छ ।
ज्ञापनपत्रमा अर्को रोचक कुरा के छ भने पुर्व मेयर रामेश्वर बोहराले आफ्नो कार्यकालको अन्तीम समयमा तारकेश्वर नगरपालिका भित्रका सामुदायीक विद्यालयहरुमा इसिडी शिक्षक राख्नको लागि हतारहतार बिज्ञापन गराउनुभएको थियो । निकै गुपचुप राखेर गरिएको बिज्ञापनमा धेरै एमाले र जनप्रतिनिधिका आफ्न्ताहरुलेनै परिक्षा दिएका थिए । एमालेले सोहि परिक्षामा सहभागी भएकाहरुलाई प्रकृया पुर्याएर नियुक्ती दिन ज्ञापनपत्र मार्फत दबाब दिएको छ ।
नेपाली हिन्दु नारीहरुको पर्व तिजको अवसरमा तारकेश्वर नगरपालिकाले यस बर्ष दुई ठाँउमा तिज कार्यक्रम आयोजना गरेको थियो । तिजको कार्यक्रममा नगरवासी महिलाहरुको उल्लेख्य सहभागीता रहेको थियो । तिज कार्यक्रममा सबै पार्टीका महिला दिदिबहिनीहरुले सहभागीता जनाएर खुसीयाली समेत मनाएका थिए । तारकेश्वर नगरपालिका आयोजक भएर गरिएको दुईवटा कार्यक्रममा नेकपा एमालेले भने पार्टीका कार्यकर्तालाई तिजको कार्यक्रमको नाममा पैसा बाँडेको आरोप लगाएको छ । कुनै सामाजिक संस्थाहरुलाई कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले दिएको भएपनि तारकेश्वर नगरपालिका लेखा शाखाले तिजको कार्यक्रमको लागि सिधै पार्टी प्यालेसको नाममा रकम भुक्तानी दिएको छ ।
नेकपा एमालेले बुझाएको ज्ञापनपत्रको बुंदा नं ८ मा तारकेश्वर नगरपालिकाको जिम्मेवार व्यक्तिले सुविधाको नाममा मोवाइल लिएको उल्लेख गरिएको छ । नगरपालिकाको जिम्मेवार व्यक्ति भनेर उल्लेख गरेपनि कस्ले मोवाइल सुविधा लिए भन्ने उल्लेख गरिएको छैन् । त्यस बारेमा जिज्ञासा राख्दा तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले तारकेश्वर नगरपालिका कुनै पनि जिम्मेवार अधिकारीले सेवा सुविधाको नाममा मोवाइल नलिएको बताउनुभयो । प्रशासकिय अधिकृत घिमिरेले जनप्रतिनिधिले नगरपालिकाको रकममा मोवाईल लिएको भए बिल सहित प्रमाण पेश गर्न चुनौति समेत दिनुभयो । नगरपालिकामा आर्थिक मितव्ययीता अपनाउने भन्दै मेयर महर्जनले धेरै अनावश्यक खर्चहरु कटौति गर्नुभएको छ । मेयर महर्जनले तारकेश्वर नगरपालिकाबाट हाल सम्म कुनै पनि तलब, भत्ता र सुविधा समेत लिनुभएको छैन् ।
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो । निर्वाचनमा सहभागी भएपछि एउटा पक्षले जित्छ र अर्को पक्षले हार्छ । तारकेश्वरमा निर्वाचन हारेको एमालेले प्रतिष्पर्धामा जितेको काँग्रेस र त्यसका मेयर कृष्णहरी महर्जनले जादुको छडी चलाएर तत्कालै तारकेश्वरको बिकासमा तिब्रता आउनु पर्दछ भन्ने जस्तो तर्क राख्दै आएको देखिन्छ ।

यस्तो छ एमालेले कार्यालयमा छाडेको ज्ञापनपत्र

No description available.

No description available.

sd

प्रतिक्रिया दिनुहोस्

Array