आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

सिन्धुपाल्चोक, महिला आत्मनिर्भरता केन्द्र (मांक) मेलम्चीद्वारा सञ्चालित आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ भएको छ ।

स्थानीय तहहरूसँग समन्वय गर्दै स्थानीय तहकै सहयोगमा गृह सञ्चालन गर्नुपर्ने भए पनि सम्बन्धित निकायले त्यति महत्व नदिँदा समस्या भएको संस्थाले जनाएको छ ।

संस्थाले सञ्चालन गरेको आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ रहेको कार्यक्रम व्यस्थापक कृष्ण गुरुङले बताउनुभयो । विसं २०४७ मा महिलाहरूको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । महिला हिंसा, अन्यायवरुद्ध लड्ने र मानवअधिकारको प्रत्याभूतिका साथै राज्यको निर्णायक तहमा महिलाको पहुँच पु¥याउने उद्देश्यले संस्था स्थापना गरिएको संस्थाकी पूर्वअध्यक्ष भगवती नेपालले जानकारी दिनुभयो ।

संस्थाका कुल एक सय ५७ सदस्य र १० सहयोगी पुरुष सदस्य रहेका व्यस्थापक गुरुङले जानकारी दिनुभयो ।

महिला नेतृत्वको विकास गर्दे आफ्नो लक्ष्यअनुरुप स्थानीय, प्रदेश र राष्ट्रियस्तरको नीति–निर्माण तहसम्म सहभागिता र महिलाहरूको पहुँच विस्तार गर्दै आएको संस्थाले मेलम्ची, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिकालाई लक्षित गरी आपत्कालीन पुनःस्थापना गृहसमेत सञ्चालनमा ल्याएको छ । गृहमा ३१ जना हिंसा, दुव्र्यवहार र बेवास्तामा परेका महिला तथा बालबालिकालाई संरक्षण दिइएको संस्थाका अध्यक्ष सञ्चमाया स्याङबोले जानकारी दिनुभयो ।

भवन निर्माण गर्न नै धेरै कठिन भएको उहाँले बताउनुभयो । विद्यमान विभेदपूर्ण सामाजिक संरचनामा रहेका भेदभावको अन्त्य गर्दै मानवअधिकारमा आधारित न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्नु नै केन्द्रको प्रमुख लक्ष्य रहेको उहाँले बताउनुभयो ।

महिला तथा बालबालिकामाथि हुने भेदभाव, हिंसा, दुव्र्यवहार, मानव बेचविखन÷ओसारपसार र शोषणविरुद्ध सचेतना, सशक्तीकरण र अनुसन्धान तथा वकालत गर्ने, महिला र बालबालिकाको अधिकार स्थापना तथा रक्षाका लागि अनुसन्धान र वकालत गर्ने, नीति निर्माण तह, शिक्षा र स्वास्थ्यका क्षेत्रमा महिला तथा बालबालिकाको पहुँच वृद्धि गर्नमा संस्थाले विशेष ध्यान दिने गरेको छ । पैत्तृक सम्पत्तिमा महिलाको समान अधिकारको प्राप्ति एवं रक्षाका निमित्त पहल गर्ने, संस्थाको लक्ष्य प्राप्तिका लागि संस्थागत विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको अध्यक्ष स्याङबोले बताउनुभयो । बाल मजदुरमा संलग्न बालबालिकालाई विद्यालय पहुँचमा पु¥याउने तथा बाढी, पहिरामा पनि विभिन्न कार्यक्रम संस्थाले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array