मनमैजुमा मोटरसाइकल दुर्घटना नुवाकोटका एक युवकको ज्यान गयो, अर्का गम्भीर घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ९ मनमैजु नासलचोकमा आज मोटरसाइकल दुर्घटना हुंदा एक युवकको ज्यान गएको छ ।
आज बिहान करिब ११.३० बजे तिर बा ६३ प ६४६२ नम्बरको मोटरसाइकलले मनमैजु नासलचोकमा पैदलयात्रीलाई बचाउने क्रममा अनियन्त्रीत भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी नुवाकोट जिल्ला किस्पाङ गाँउपालिका १ घर भई जरङखु बस्ने बर्ष १६ का रुवाप तामाङको मृत्यु भएको छ । मोटरसाइकलको पछाडी बसेर यात्रा गरिरहेका तामाङ दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा सामाखुसी स्थीत ग्रिनसीटीमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त बालाजुका डिएपी रबिन बिष्टले बताउनुभयो ।
दुर्घटनामा परी मोटरसाइकल चालक रामेछाप जिल्ला रामेछाप नगरपालिका घर भई बालाजु माछापोखरी बस्ने बर्ष १८ को निरज श्रेष्ठ गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका श्रेष्ठको बिर अस्पताल स्थीत ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घाइते श्रेष्ठ खतरा मुक्त रहेको बालाजु प्रहरी प्रमुख बिष्ट ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array