मानसिंह धर्म मा.वि को अविभावक भेलाद्धारा सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समिति गठन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० मनमैजु स्थीत मानसिंह धर्म माध्यामिक विद्यालयको व्यवस्थापन समिति गठन गरिएको छ ।
विद्यालयका अविभावकहरुको आज बसेको भेलाले तारकेश्वर नगरशिक्षा ऐन २०७६ को पहिलो संशोधनले गरेको व्यवस्था बमोजिम तारकेश्वर नगरपालिका वडानं १० का अध्यक्ष कुमार राईलाई अध्यक्षको रुपमा सर्बसम्मत अनुमोदन गरेको छ ।
अविभावकहरुको भेलाले सामुदायीक विद्यालय सञ्चालन कार्यविधि २०७५ को नियम २८ (१) अनुसार विद्यालय व्यवस्थापन समितिको सदस्य पदमा एक महिला र दुई पुरुष सहित तिन जना सर्वसम्मत रुपमा सदस्य चयन गरेको छ । जस अनुसार सदस्यहरुमा रति महर्जन, ध्रुव राई र जिव प्रसाद गजुरेल चयन भएका छन् ।

No description available.
भेलाले शिक्षक अविभावक संघका लागि दुई अविभावकलाई सर्वसम्मत रुपमा सदस्यमा चयन समेत गरेको छ । जस अनुसार विशनसिंह बोहरा र पार्वती गौतम चयन भएका हुन् ।
तारकेश्वर नगरशिक्षा शाखाका अधिकृत पदम केसीको उपस्थीतिमा भएको अविभावहरुको भेलाले सर्वसम्मत चयन गरिएका अध्यक्ष र सदस्यहरुलाई विद्यालयका शिक्षक र नगरशिक्षा साखाबाट बधाई ज्ञापन गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं १० का अध्यक्ष कुमार राईले मानसिंह धर्म माविको शैक्षिक गुणस्तर बढाउनको लागि वडा कार्यालय र नगरपालिकाले उचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

fggf

प्रतिक्रिया दिनुहोस्

Array