तारकेश्वरबासीलाई स्वच्छ पानी खुवाउन मेयर कृष्ण हरी महर्जन वडा अध्यक्ष सहित मुहान खोज्दै अंधेरी खोलामा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका मेयर कृष्णहरी महर्जन नगरवासीलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्न मुहानको खोजीमा जुटनु भएको छ । मेयर महर्जनले तारकेश्वर नगरपालिका र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) बिच समन्वय गराएर पानीको अभाव अन्त्य गर्न लाग्नुभएको हो ।
त्यसै क्रममा हिजो मेयर महर्जनको नेतृत्वमा तारकेश्वर नगरपालिका वडा नं ३ स्थीत अधेंरी खोला पानीको मुहान अवलोकन गरिएको छ । तारकेश्वर नगरपालिका वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघका महासचिब एवं प्राविधिक प्रतिनिधि सानुभाई सापकोटा, वडा सदस्य उद्धव अर्याल, तारकेश्वर नगरपालिकाका इन्जीनियर कञ्चन भट्ट, युवा व्यवसायी तथा समाजसेवी हिरा महर्जन सहित प्राविधिक र स्थानीयबासी सहितको टोलीले खानेपानीको मुहान अवलोकन गरेकोे हो । पाँचमाने देखी झण्डै एक घण्टा जति उकालो र जंगलको चिप्लो बाटोको पैदल यात्रा गदै मेयर नेतृत्वको टोली अंधेरीखोलाको मुहान सम्म पुगेको थियो ।

May be an image of 5 people, people sitting, people standing, tree and outdoors
मुहान अवलोकनमा जानु भएका तारकेश्वर ६ का अध्यक्ष घनश्याम श्रेष्ठले प्रतिकुल मौसमका कारण अंधेरी खोला सम्मको यात्रा असहज भएपनि उदेश्य पुरागर्नका लागि आसा पलाएको बताउनुभयो । उहाँले भन्नुभयो “निकै सानो उकालो बाटो, त्यसमाथी पनि चिप्लो, जुका लाग्ने त कुरै नगर्नुस, यात्रा असहज भएपनि उदेश्य पुरा हुने आसा लिएर र्फकिएका छौं ।”
पानी सहितको “एक घर एक धारा” भन्ने अभियान घोषणा गर्नुभएका मेयर महर्जनले प्राकृतिक पानीका श्रोतलाई खोजी गदै तारकेश्वर नगरपालिकामा खानेपानीको अभावलाई अन्त्य गर्न लाग्नु भएको छ ।

May be an image of 6 people, people standing, tree and outdoors
शिवपुरी र नागार्जुन निकुञ्जका दर्जनौं खोल्साहरुमा पानी त्यतीकै बगेर खेर गइरहेपनि त्यसैसंग सिमाना जोडिएको तारकेश्वर नगरवासीहरु भने लामो समय देखि भुमिगत पानीको भरमा दैनिक गुजारा चलाइरहेका छन् । मेयर कृष्णहरी महर्जनले नगरपालिका भित्र र सिमाना आसपासका खोल्साहरुमा बग्ने पानीहरुलाई एकिकृत गरेर तारकेश्वर नगरवासीलाई बितरण गर्नेै लक्ष्य सहित अगाडी बढीरहनु भएको छ । भुमिगत पानी भन्दा निकुञ्जका खोल्साहरुमा बग्ने पानी निकै स्वच्छ र मानव स्वास्थ्यको लागि पनि लाभदायी हुने भएकाले प्राकृतिक श्रोतबाट बगेको पानी संकलन गर्न लागेको मेयर महर्जनले बताउनुभयो ।

May be an image of 5 people, people standing, tree and road
तारकेश्वर नगरपालिकाको पहिलो कार्यपालिका बैठकको निर्णयलाई कार्यान्वयन गर्न नगरपालिकाले चालु आव २०७९÷८० मा आधार बर्षको रुपमा ६ करोड भन्दा बढी बजेट बिनियोजन गरेको छ ।

May be an image of 3 people, people standing, tree and outdoors

May be an image of 1 person, standing, tree and outdoors

प्रतिक्रिया दिनुहोस्