खानेपानीको बिषयमा काठमाण्डौंका मेयर बालेन, तारकेश्वरका मेयर कृष्ण हरी र केयुकेएल बिच छलफल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ आश्विन २०७९, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका तथा आसपासका क्षेत्रका मुहानबाट खेर गइरहेको प्राकृतिक श्रोतका पानीहरुलाई व्यवस्थीत गदै उत्पादन र उचित बितरण गर्ने बिषयमा छलफल भएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरी महर्जनले आज महानगर र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रतिनिधिलाई छुट्टाछुट्टै भेट गरी छलफल गर्नु भएको हो ।
मेयर महर्जनले खानेपानी ब्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई कार्यकक्षमा भेट गदै तारकेश्वर नगरपालिका क्षेत्रका पानीका श्रोतहरुलाई व्यवस्थीत गदै न्यायमुखी बितरण गर्न ध्यानार्कषण गराउनु भयो ।
तारकेश्वर नगरपालिका भित्रका छहरे, पाँचमाने अधेरी खोला, बौंडे, भण्डारे र अल्ले मुख्य पानी आउने प्राकृतिक श्रोतका मुहान हुन् । ति मुहानहरुलाई व्यवस्थीत गदै पानी संकलन र पानीको उचित व्यवस्थापन गर्न सकिएमा तारकेश्वर नगरवासी तथा काठमाण्डौं महानगरपालिकाका जनतालाई ठुलो राहत मिल्ने छ ।

No description available.
हिजो मात्र पाँचमाने अंधेरी खोला पानीको मुहानको अवलोकन गर्नुभएका तारकेश्वरका मेयर महर्जनले आज काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)संग पनी पानीको बिषयमा छलफल गर्नुभएको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयुकेएलको केन्द्रीय कार्यालयमा पुगेर मेयर महर्जनले आज कार्यकारी अधिकृत ईन्जिनियर मिलनकुमार शाक्य र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघका महासचिब एवं प्राविधिक प्रतिनिधि सानुभाई सापकोटासंग भेट गरी खानेपानीको श्रोतहरुको संरक्षण गदै उत्पादन बढाउनको लागि अनुरोध गर्नुभयो ।
महानगर र केयुकेयलसंगको छलफलमा तारकेश्वर नगरपालिकाका प्रतिनिधि तथा समाजसेवी हिरा महर्जन लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.
तारकेश्वर नगरपालिका भित्रका पानीका बिभिन्न मुहानबाट केयुकेयलले पानीसंकलन गरेर महानगरमा लैजाने गरेको छ । तारकेश्वरमा संकलीत पानीलाई केयुकेयलले दिन मिलाएर हप्तामा एक पटक पालो दिएर बितरण गदै आइरहेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्

Array