भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसमेत दुई जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साविक चक्कर गाविसका विभिन्न वडाका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्न गराउन उपभोक्ता समिति गठन गरेको तर त्यसका लागि कुनै पनि रकम विनियोजन नभएको अवस्थामा तत्कालीन सचिव केवटले रञ्जित साहसँगको मिलेमतोमा गैरकानुनीरुपमा रु नौ लाख ७६ हजार नौ सय बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले सरकारी स्रोतबाट प्राप्त रकमको गैरकानूनीरुपमा दुरुपयोग गरेको अभियोगमा बिगोबमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array