सत्ता गठबन्धनको तर्फबाट काठमाण्डौं क्षेत्र नं ६ मा भिमसेनदास प्रधान, प्रदेश क र ख मा खडगी र तिमिल्सीना उम्मेद्धवार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । सत्ता गबठबन्धन दल बिच काठमाण्डौं क्षेत्र नं ६ र प्रदेश सभा क र ख दुवै प्रदेश काँग्रेसलाई दिने सहमती जुटेको छ । क्षेत्र र एउटा प्रदेश काँग्रेसलाई दिने यस अघि सहमती भएपनि प्रदेश सभा ख मा भने माओबादीले दावी गदै आइरहेको थियो । प्रदेश र दुवै क्षेत्र काँग्रेसले पाएसंगै नेपाली काँग्रेसको संसदीय बोर्डले क्षेत्र नं ६ मा पुर्व रक्षामन्त्री भिमसेनदास प्रधानलाई उम्मेद्धवार बनाउने निर्णय गरेको छ । यस क्षेत्रबाट दुई पटक सोही क्षेत्रबाट बिजयी हुनुभएका प्रधानलाई केहि बेर काँग्रेस संसदीय बोर्डले उम्मेद्धवारको टिकट प्रदान गरेको छ ।

May be an image of 3 people and people standing त्यस्तै क्षेत्र नं ६ प्रदेश सभा क मा हरिप्रभा खडगी र ख मा बिष्णुभक्त तिमिल्सीनालाई काँग्रेसले उम्मेद्धवार बनाएको छ । खडगी काठमाण्डौं महानगरपालीकाको निर्वातमान उपमेयर हुन । त्यस्तै तिमिल्सीना यस अघि सोही क्षेत्रबाट प्रदेश सभामा झिनो मतले पराजीत भएको थिए । मनोनयन गर्ने अन्तिम क्षणमा प्रदेश सभा ख मा माओबादीले दावी छाडेपछि तिमिल्सीना काँग्रेसको तर्फबाट उम्मेद्धवार बनेका हुन् ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array