एमाले पार्टी कार्यालय हेटौँडामा तालाबन्दी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

वागमती, नेकपा (एमाले)ले यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ताले हेटौँडामा रहेको जिल्ला पार्टी कार्यालयमा आज तालाबन्दी गरेका छन् ।

पार्टीको कार्यप्रति असन्तुष्टी जनाउँदै तालाबन्दी गरेको बताइएको छ । दुई दिन अगाडिसम्म एमालेले केन्द्रिय सदस्य रामेश्वर रानाको टिकट फाइनल गरेको भए पनि अन्तिम अवस्थामा कमल थापालाई उम्मेदवारीका लागि टिकट दिएपछि एमाले कार्यकर्ता रुष्टभएको पाइएको छ ।

दीपक सिंहको उम्मेदवारी दर्ता

राप्रपा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य दीपकबहादुर सिंहले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिका–२ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा पुगेर सिंहले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array