काठमाण्डौं क्षेत्र नं ६ मा १८ स्वतन्त्र सहित ४९ को उम्मेद्धवारी दर्ता, क–कस्ले उम्मेद्धवारी दर्ता गरे ? (सुचि सहित)

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ आश्विन २०७९, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं क्षेत्र नं ६ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचका लागि १४ राजनैतिक पार्टीका ३१ र १८ स्वतन्त्र उम्मेद्धवार सहित ४९ जनाले उम्मेद्धवारी मनोनयन दर्ता गरेका छन् ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मनोनय दर्ता गर्ने दिन आज क्षेत्र नं ६ को निर्वाचन अधिकृतको कार्यालय धर्मस्थलीमा
जस अनुसार क्षेत्र नं ६ को प्रतिनिधिसभाका लागि १३ पार्टी र ११ स्वतन्त्र उम्मेद्धवार सहित २४ जनाको उम्मेद्धवारी परेको छ । जस अनुसार नेपाली काँग्रेसबाट पुर्व रक्षा मन्त्री भिमसेनदास प्रधान, नेकपा एमालेको तर्फबाट पुर्व आइजीपी सर्बेन्द्र खनाल, बिबेकशील साझा पार्टीको तर्फबाट अजित खडका, राप्रपाबाट बिष्णु प्रसाद आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शिशिर खनाल र स्वतन्त्र तर्फ जनकराज थपलिया सहितको उम्मेद्धवारी दर्ता भएको छ ।
प्रतिनिधिसभामा क कस्को भयो मनोनयन ?

No description available.

No description available.

No description available.त्यस्तै प्रदेश सभा अन्तर्गत प्रदेश क बाट २ स्वतन्त्र सहित १० उम्मेद्धवारी परेको छ । नेपाली काँग्रेसको तर्फबाट काठमाण्डौं महानगरपालिकार्की पुर्व उपप्रमुख हरिप्रभा खडगी, नेकपा एमालेको तर्फबाट निरेशलाल सिंह महर्जन, राप्रपाबाट जगतसागर महर्जन सहितको उम्मेद्धवारी परेको छ ।
प्रदेश सभा क मा को कस्को भयो मनोनयन ?

No description available.

No description available.

त्यस्तै क्षेत्रनं ६ ख मा ५ स्वतन्त्र सहित १५ उम्मेद्धवारको मनोनयन दर्ता भएको छ । जस अनुसार नेपाली काँग्रेसबाट बिष्णुभक्त तिमिल्सीना, नेकपा एमालेबाट अमन कुमार मास्के, नेकपा माओबादी केन्द्रबाट प्रकाश फुयाँल, नेकपा माओबादी केन्द्र समाजबादीबाट कृष्ण बहादुर खडका, राप्रपाबाट चिरागमान सिंह कुवर लगायत रहेका छन् ।
प्रदेश सभा ख मा को कस्को भयो मनोनयन ?

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array