तारकेश्वरका मेयर कृष्ण हरि महर्जनको तलब र भत्ता सामाजिक काममा खर्च गरिने, दशैमा मेयरबाट बिपन्नले पाए खाध्यान्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ आश्विन २०७९, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनको नगरपालिकाबाट प्राप्त हुने तलब र भत्ता बापतको रकम सामाजीक र परोपकारी काममा खर्च गरिने भएको छ ।
तारकेश्वर नगरपालिकामा पदभार ग्रहण गरेलगतै मेयर महर्जनले नगरपालिकाबाट आफुले तलब भत्ता नलिने घोषणा गर्नुभएको थियो । मेयर महर्जनको सचिबालयका अनुसार मेयरको तलब र भत्ता बापतको रकम संकलन गरेर अब नियमित रुपमा बिभिन्न सामाजीक र परोपकारी कार्यमा खर्च गरिने छ । जनप्रतिनिधिहरुले सरकारी रकम दुरुपयोग गरिरहेका समाचारहरु बेला बखतमा सुन्नमा आइरहेको अवस्थामा मेयर महर्जनको यस उदाहारणीय कार्यको प्रशंसा भइरहेको छ ।

No description available.
यसै बिच, बडा दशैंको अवसरमा मेयर महर्जनको कोहि भोको नहुन भन्ने हेतुले बिभिन्न ५ वटा संस्था र बिपन्न नागरीकहरुलाई खाध्यान्न बितरण गर्नुभएको छ । मेयर महर्जनले तारकेश्वर ६ पैयुटार स्थीत अपांग सेवा केन्द्र, तारकेश्वर ५ स्थीत दृष्टीविहिन बालबालिका शैक्षिक केन्द्र, तारकेश्वर ७ फुटुङ स्थीत नवजीवन परोपकार समाज, तारकेश्वर ४ स्थीत इप्सा महिला तालिम केन्द्र र धापसी स्थीत हाम्रो बाल संरक्षण धरोहर नेपालमा आश्रय लिइरहेको अपांगता भएका व्यक्तिहरु र अनाथ बालबालीका लगायतलाई खाध्यान्न सहयोग गर्नुभएको छ । मेयर महर्जनले उनिहरुलाई चामल, नुन, तेल, चाउचाउ, बिस्कुट लगायतका सामग्रीहरु बितरण गर्नुभएको हो ।
त्यस्तै मेयर महर्जनले तारकेश्वर नगरपालिकामा रहेका केहि बिपन्न र जेष्ठ नागरिकहरु समेतलाई बडा दशैंको अवसरमा खाध्यान्न र नगद समेत बितरण गर्नुभएको छ ।
बडा दशैंको अवसरमा मेयर महर्जनको ४ महिनाको तलब र भत्ता बापतको रकम सामाजीक र परोपकारी काममा खर्च गरिएको हो । खाध्यान्न वितरणको क्रममा पुगेका केहि संस्थाहरुको अवस्था दयनीय देखेपछि मेयर महर्जनले त्यहाँ थप आर्थिक सहयोग समेत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
खाध्यान्न बितरणको क्रममा मेयर महर्जनले सम्बोधन गदै आफु संघै बिपन्न र असाहाय नागरिकहरुको हितका निम्ती तल्लीन रहेको बताँउदै आफनो कार्यकाल भरि नगरपालिकाबाट प्राप्त हुने तलब र भत्ताबापतको रकम यसै गरि परोपकारी र सामाजीक कार्यमा खर्च गर्ने बताउनुभयो ।
कुरा र प्रचार भन्दा काम गर्न बढी रुचाउने मेयर महर्जनले यस अघि पनि दर्जनौं समस्यामा परेका नागरिक र बिभिन्न सामाजीक र परोपकारी संस्थाहरुलाई व्यक्तिगत रुपमा आर्थिक सहयोग गदै आइरहनु भएको छ ।
तारकेश्वर नगरपालिकाको मयेर भएपछि कृष्णहरि महर्जनले हाल सम्म गाडी बाहेक कुनै पनि सरकारी सेवा र सुविधा लिनु भएको छैन् । तारकेश्वरको फोहरमैला र ढल व्यवस्थापनमा जापानी प्रविधिको प्रयोग भित्र्याउने बारेमा अध्ययन गर्न यस अघि जापान भ्रमण गर्नुभएका मेयर महर्जनले सो भ्रमणको समेत सम्पुर्ण खर्च आफैले व्यहोर्नु भएको थियो । बिदेश भ्रमणका लागि कानुनलेनै मेयरलाई सरकारी खर्च गर्ने अधिकार भएपनि मेयर महर्जनले त्यसलाई अस्वीकार गदै जापान भ्रमणको सबै खर्च आफैले व्यहोर्नु भएको हो ।
खाध्यान्न बितरणको क्रममा मेयर महर्जनका छोरा सुस्कृन महर्जन, तारकेश्व नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, उपभोक्ता अधिकारकर्मी तथा सामाजीक अभियन्ता तिर्थ महर्जन, समाजसेवी तथा युवा व्यवसायी हिरा मर्हजन लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

fdg

प्रतिक्रिया दिनुहोस्