नुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ आश्विन २०७९, बिहीबार
2 Min Read
Aa

नुवाकोट, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नुवाकोटको दुई क्षेत्र रहेकोनुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम भएको छ । प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५ उम्मेदवार कायम भएका छन् ।

गत असोज २३ गते मनोनयन दर्ता गराएकामध्ये बुधबार तीनजनाले उम्मेदवारी फिर्ता लिएका छन् । मनोनयन दर्ता गराएका ६६ जनामध्ये ६३ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार गरेर कूल छ पदका लागि ६३ उम्मेदवारको चुनाव चिह्न मतपत्रमा कायम हुनेछ ।

क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा मनोनयनदर्ता गराएका स्वतन्त्र उम्मेदवार सरोज गिरी र क्षेत्र नं १ प्रदेशसभा ‘ख’ तर्फ स्वतन्त्र उम्मेदवारी दिनुभएका नरहरि भेटुवालले फिर्ता लिनुभएको छ । क्षेत्र नं २ को प्रदेशसभा ‘ख’तर्फ नेकपा (माओवादी केन्द्र)बाट मनोनयन दिनुभएका राममाया बोगटीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

गठबन्धनको बागी उम्मेदवार कायमै ः

आगामी निर्वाचनका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गरेर उम्मेदवारी दिने निर्णय भए पनि नुवाकोटमा त्यसको अवज्ञा भएको छ । गठबन्धनको निर्णयअनुसार नुवाकोटको क्षेत्र नं १ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रले राधिका तामाङलाई उठाएको भए पनि नेकपा (एकीकृत समाजवादी) ले उठाएका उम्मेदवार राजेश थापाको उम्मेदवारी कायमै छ ।

यस्तै, क्षेत्र नं २ को प्रदेशसभा ‘क’मा गठबन्धनको निर्णयअनुसार माओवादी केन्द्रको भागमा परेकाले उक्त पार्टीले रामप्रसाद ढुङ्गानालाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा पनि नेकपा (एकीकृत समाजवादीले राजेन्द्रप्रकाश लोहनी र नेपाली कांग्रेसकी गीता अमात्यको उम्मेदवारी कायमै छ ।

यस्तै, प्रदेशसभा ‘ख’मा गठबन्धनको निर्णयअनुसार कांग्रेस उम्मेदवार बहादुरसिंह लामा (तामाङ)लाई उठाइएको छ । उक्त क्षेत्रमा कांग्रेस महाधिवेशन प्रतिनिधि तथा तरुण दल नुवाकोटका अध्यक्ष सिंहराज तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । उहाँको उम्मेदवारी कायमै छ ।

प्रतिक्रिया दिनुहोस्

Array