तटीय बस्तीका तीन सय परिवार डुबानमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ आश्विन २०७९, शुक्रबार
2 Min Read
Aa

अविरल वर्षाका कारण बाँकेलगायतका जिल्लाको जनजीवन अत्यन्त प्रभावित बनेको छ । बाँकेको राप्ती नदी तटीय बस्ती डुडुवा गाउँपालिका–१ को चौफेरी बस्तीका तीन सयभन्दा बढी परिवार डुबानमा परेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले चौफेरी गाउँका कम्तीमा ८० घरपरिवारका अढाइ सय बासिन्दालाई नजिकैको एउटा आश्रयस्थलमा राखेको जानकारी दिनुभयो । राप्ती नदी र डुडुवा नालाको बीचमा पर्ने चौफेरी गाउँ नदी र नालामा आएको बाढीले घेरिएको हो । डुबान प्रभावित बस्तीका घरमा तीन फिटसम्म पानी जमेको छ । कच्ची घर भत्कन थालेका छन् । विस्थापितहरू गाँसबासको समस्यामा छन् ।

बाँके, राप्तीनदीको पानी पसेर बाँकेका डुडुवा गाउँपालिका–१ को रामनगर पाझा, टेपरी पाझा, छिटैपुरवा पाझा, कृषि चौफेरी, छोटी चौफेरी डुबानमा परेका छन् । सो क्षेत्रमा डुबान तथा बाढी प्रभावित भएका करिब तीन सय जनालाई त्यहाँ रहेको नेपाल राष्ट्रिय प्रावि कृषि चौफेरी, सामुदायिक आश्रय भवनमा स्थानन्तरण गरिएको हो ।

बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्नका लागि बाँकेका प्रजिअ खत्रीको नेतृत्वमा गएको टोली बाढीका कारण प्रभावित स्थान पुग्न नसकी खडैचाबाटै फर्केको छ । “डुडुवा बढी प्रभावित छ, नगरमै डुबानको समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “घरघरमा पानी पसे पनि मानवीय तथा चौपाया क्षति भने भएको छैन”, नगरकै वडा नं १८ र २० मा भने डुबान भएको उहाँले बताउनुभयो । डुबानबाट प्रभावित ८६ जनालाई स्थानीय आदर्श माविमा राखिएको छ ।

बाढीले गाउँ नै डुबानमा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ । रेडक्रसकर्मी, प्रहरीसहितको टोलीले स्थानीयवासीको उद्धार गरी आश्रयस्थलमा राखेको हो । गाउँका दर्जनौँ घरमा पूर्णरूपमा क्षति भएको छ ।a

प्रतिक्रिया दिनुहोस्

Array