रबिन थपलिया । काठमाण्डौं । नुवाकोटमा नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्धवार बनेका योवेन्द्र सिंह तामाङ काँग्रेसमा प्रवेश गरेका छन् ।
एमालेले आश्वासम मात्र बाँडने र खासै उपलव्धी मुलक काम गर्न नसक्ने देखिएकाले आफु सो पार्टी परित्याग गरेर काँग्रेस प्रवेश गरेको बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निवार्चन क्षेत्र नं १ को गठबन्धन दलको संयुक्त बैठकमा उपस्थीत भएर तामाङले आफु अव इमान्दार भएर गठबन्धन दलका नेताहरुलाई जिताउन लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तामाङले यस अघि आफुले चुनाव चिन्ह मात्र परिवर्तन गरेको बताँउदै आफु पुरानै पार्टीमा र्फकिएको घोषणा गर्नुभयो ।
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष रहेका तामाङलाई काँग्रेसले दोश्रोपटक टिकेट नदिएपछि एमालेमा प्रवेश गरेर उम्मेद्धवार बन्नुभएको थियो । नेकपा एमालेको खम्बाको रुपमा मानिने तामाङले पार्टी छाडेपछि नुवाकोटमा एमालेलाई ठुलो धक्का लागेको छ । तामाङले एमाले छाडेसंगै दुप्चेश्वर सहित अन्य ठाँउबाट समेत ठुलो संख्यामा एमाले छाडने तयारी गरेका छन् । क्षेत्र नं १ का चर्चीत नेता समेत रहेका तामाङले पार्टी छाडेपछि एमालेबाट उम्मेद्धवार बनेका बद्री मैनाली धेरै मत अन्तरले पराजीत हुने देखिएको छ ।
नुवाकोटमा एमालेलाई ठुलो धक्का,गाउँपालिकाको अध्यक्षका उम्मेद्धवार बनेका तामाङ काँग्रेस प्रवेश

प्रतिक्रिया दिनुहोस्