डेंगीको संक्रमण फैलन नदिन तारकेश्वर १० को वडा कार्यालयद्धारा किटनासक बिषादी छर्न सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । हिन्दु नेपालीहरुको दोश्रो ठुलो चाड तिहार नजिकीदै गर्दा डेंगीको संक्रमण फैलन नदिन तारकेश्वर नगरपालिका वडा नं १० द्धारा मानिसहरुको चहलपह बढी हुने पार्क, स्कुल र सार्वजनीक स्थलहरुमा किटनासक बिषादी छर्न सुरु गरिएको छ ।
जल तथा मौसम बिभागले अझै बर्षाद नरोकिने भबिष्यवाणी गरिरहेको अवस्थामा डेंगीको संक्रमण फैलिने सम्भाबना कायमै रहेकाले मेसिनद्धारा बिषादी छर्न थालिएको तारकेश्वर नगरपालिका १० का वडा अध्यक्ष कुमार राईले बताउनुभयो । पानी पर्न अझै नरोकिएकाले पार्क, सडक र झाडीहरुमा डेंगी र डेंगीका लारभाहरु अझै सक्रिय रुपमा रहेको हुन सक्ने भएकाले बिषादी छर्ने काम गरिएको वडा कार्यालयले जनाएको छ ।

No description available.
आज साँझ वडा कार्यालय परिसार, लोकतान्त्रीक चोक र नवनिर्मित वडा भवन आसापासमा बिषादी छरीएको थियो । बिषादी छर्न वडा नं १० का अध्यक्ष कुमार राई, वडा सदस्य रत्ना परियार, तारकेश्वर ११ का वडा सदस्य बिनोद घले, सामाजीक अभियन्ता राजु रानाभाट, नारायण मल्ल ठकुरी, देबराज गौली, बलराम राई, बोधराज अधिकारी, बिनोद ओझा, श्री घले, शोभा राना लगायतको उपस्थीति रहेको थियो ।
वडा कार्यालयले डेंगी, कोरोना लगायतका संक्रमण फैलने रोगहरु नियन्त्रणमा प्रयोग हुने फोगीन मेसिननै प्रयोग गरेर बिषादी छर्न सुरु गरिएको हो । कोरोनाको महामारी फैलिएको अवस्थामा छिमेकी मुलुकमा यस्तै मेसिनले बिषादी छरेर संक्रमण नियन्त्रणमा लिइएको थियो ।

No description available.

No description available.

df

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array