निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ आश्विन २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ, निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन लागि निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा आयोजित कार्यक्रमको शुभारम्भमा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचनको परिचालनमा जनशक्ति परिचालन र सामग्री तथा जिन्सी व्यवस्थापन महत्वपूर्ण पक्ष भएकाले आफूले गर्नुपर्ने कामबारे स्पष्ट बोध नभएमा त्रुटि हुनसक्ने भएकाले यस सवालमा सम्बन्धित प्रशिक्षक र कर्मचारी संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

आयुक्त डा तुलाधरले परिचालनलाई मूलमन्त्र ठानेर स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित, पारदर्शी तथा मितव्ययी निर्वाचन गराउन आयोग चिन्तित र कटिबद्ध रहेको स्पष्ट रहेको पनि बताउनुभयो । कार्यक्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले जिन्सी व्यवस्थापन र आर्थिक प्रशासनका विषयमा प्रशिक्षित भई प्रदेश तथा जिल्लास्तरमा प्रशिक्षणको दायित्व भएकाले प्रशिक्षकहरुले निर्वाचन कानुन, निर्देशिका र विद्यमान प्रक्रियासमेतका विषयमा स्पष्ट बुझेर जानुपर्ने बताउनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array