मेलम्चीमा अनलाइनबाटै योजना सम्झौता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० आश्विन २०७९, आईतवार
1 Min Read
Aa

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले अनलाइनबाट सम्झौता प्रक्रिया थालनी गरेको छ । नगरपालिकाले उपभोक्तामार्फत गरिने योजनाको सम्झौता यो आर्थिक वर्ष सुरु भएपछि अनलाइन विधिबाट सुरुआत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो ।

उहाँका अनुसार रु २० लाखभन्दा मुनिका योजनाको उपभोक्तामार्फत अनलाइनबाट सम्झौता गरिएको हो । उपभोक्तामार्फत गरिने योजनाको पारदर्शिता कायम गर्न सबै योजना अनलाइनमार्फत सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको नगरप्रमुख आइतमान तामाङले बताउनुभयो ।

उहाँका अनुसार सबै वडामा यो प्रक्रिया थालिएको छ । दश लाखभन्दामाथिका योजनामा उपभोक्ताले अनिवार्य प्यान दर्ता गर्नुपर्ने प्रावधानसमेत राखिएको तामाङले बताउनुभयो । नगरपालिकाले १३ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण तालिम प्रदान गरिसकेको छ ।

कात्तिक मसान्तभित्र सबै योजनाको सम्झौता गरिसक्ने योजना बनाएको नगरपालिकाले असोज मसान्तसम्म ५० प्रतिशत र तिहार अगाडि ९० प्रतिशत योजना सम्झौता गरिसक्ने उपप्रमुख उमा प्रधानले बताउनुभयो । उहाँका अनुसार अनलाइनबाट सम्झौता गर्दा पारदर्शी हुने र आवश्यक डकुमेन्ट अनलाइनमा नै क्रेट गर्नेछ । यसले योजनाको रेकर्डिङदेखि अनुगमनको कुरा पनि सजिलो हुने भएकाले नगरपालिकाले त्यो तरिका अपनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array