विजयी हुनेमा ढुक्क छु : अर्जुननरसिंह केसी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

 नुवाकोट , नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार विजयी हुनेमा ढुक्क रहेको बताउनुभएको छ ।May be an image of 12 people, people sitting, people standing and indoor

बेलकोटगढी नगरपालिकास्तरीय संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सक्ने उम्मेदवार नरहेको जिकिर गर्दै यस्तो बताउनुभएको हो । “नेता तथा कार्यकर्ता मन, वचन र कर्मले लाग्नुपर्छ । हामी निर्वाचन जित्छौँ । यहाँ गठबन्धनको उम्मेदवारले जित्छन् । कुनै किसिमको शङ्का गर्नुपर्दैन”, नेता केसीले भन्नुभयो, “गठबन्धनको विरुद्धमा फैलने गलत भ्रमलाई चिर्दै वास्तविकतालाई जनस्तरसम्म पु¥याउनुपर्छ ।”

उहाँले सबै मतदाताको माझमा गठबन्धनका उम्मेदवार पुग्न नसेको खण्डमा आफूलाई आधिकारिक प्रतिनिधि सम्झेर गठबन्धनका उम्मेदवारको पक्षमा मत खस्ने वातावरण बनाउन सत्ता गठबन्धन पार्टीका सक्रिय कार्यकर्तासमक्ष आग्रह गर्नुभयो ।May be an image of 2 people, people standing and indoor

साथै उहाँले नेपालको संविधान २०७२ को रक्षाका लागि र नेपाली जनताको हक र अधिकारको सुरक्षाका लागि राजनीतिक दलहरुबीच गठबन्धन गरी चुनावी माहोलमा होमिएको बताउनुभयो । देशको संविधानलाई सुरक्षित गर्दै समृद्धि र विकासको गतिलाई अगाडि बढाउनका लागि दलहरूबीच गठबन्धन भएको उहाँको भनाइ छ ।May be an image of 7 people, people sitting, people standing and indoor “लोकतन्त्र भनेको वाद, प्रतिवाद र संवादको प्रक्रिया हो । व्यक्तिव्यक्ति बीचमा भएको अस्वस्थ प्रतिस्पर्धालाई बिर्सेर सबै कांग्रेसी एक ठाउँमा आउनु आवश्यक छ । माओवादी केन्द्रमा पनि त्यस्तो व्यक्तिगत असन्तुष्टि छ भने बिर्सिएर एकजुट हुन आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “परिस्थितिजन्य आवश्यकताका आधारमा राजनीतिक दलहरूबीच चुनावी गठबन्धन भएकाले यसलाई सार्थकता दिनु आजको आवश्यकता हो ।”

आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेशको निर्वाचनलाई लक्षित गरी पालिकास्तरको बैठकमा वाम लोकतान्त्रिक गठबन्धन दल व्यस्त रहेको छ । गठबन्धन दलले सोमबार नुवाकोट क्षेत्र नं १ अन्तर्गतको लिखु गाउँपालिका र शिवपुरी गाउँपालिकामा बैठक सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array