काठमाण्डौं क्षेत्र नं ६ मा माओबादीले काँग्रेसलाई सहयोग गर्ने यमीको भनाई, समाजबादीले पनि सहयोग गर्ने प्रतिबद्धता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ कार्तिक २०७९, मंगलवार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । देशैभर सत्ता गठबन्धनको साझा उम्मेद्धवार घोषणा भएपनि काठमाण्डौं क्षेत्र नं ६ मा भने माओबादीले गठबन्धनको मर्म र भावना बिपरीत प्रदेश सभा क र ख मा बागी उम्मेद्धवारी हालेको छ । काठमाण्डौंमा यस अघि प्रतिनिधिसभा र प्रदेशसभामा एक सिट पनि नजिकेको माओबादीलाई सत्ता गठबन्धनका कारण काँग्रेस र समाजबादी सहितका दलहरुले भोट हालेर जिताउँदै छन् । पार्टीको निर्देशन अनुसार काठमाण्डौंमा माओबादीलाई भोट हालेर जिताउन लागेका काँग्रेसका नेता कार्यकर्ताहरु क्षेत्र नं ६ का दुई प्रदेशमा माओबादीका तर्फबाट गठबन्धनको भाबना बिपरित उम्मेद्धवारी दर्ता गरिएपछि काँग्रेसका नेता कार्यकताहरु अन्योलमा परेका छन् ।
यसै बिच माओबादीका तर्फबाट काठमाण्डौं क्षेत्र नं ७ बाट प्रतिनिधिसभाकी उम्मेद्धवार बनेकी मानुसी यमिले क्षेत्र नं ६ मा गठबन्धनको भाबना अनुरुप माओबादीले सहयोग गर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस तारकेश्वरले आयोजना गरेको उम्मेद्धवारहरुको परिचयात्मक कार्यक्रममा बोल्दै यमिले क्षेत्र नं ६ का दुवै प्रदेशमा माओबादीका तर्फबाट उम्मेद्धवारी दर्ता गरिएको बिषयमा गम्भीर रुपमा छलफल भइरहेको बताँउदै माओबादीले इमान्दार भएर गठबन्धनका उम्मेद्धवारलाई जिताउने बताउनुभयो ।
काठमाण्डौं क्षेत्र नं ७ अन्तर्गत तारकेश्वर नगरपालिकाका ३, ४ र ५ गरि तिन वटा वडाहरु पर्दछन् । क्षेत्र नं ७ को प्रतिनिधिसभामा माओबादीका तर्फबाट यमी, प्रदेश क मा समाजबादीका तर्फबाट बसन्त मानन्धर र ख मा नेपाली काँग्रेसका तर्फबाट सबिन तामाङ उम्मेद्धवार रहेका छन् ।
काठमाण्डौं क्षेत्र नं ६ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशमा काँग्रेसले टिकेट पाएको थियो । जस अनुसार प्रतिनिधिसभामा पुर्व रक्षा मन्त्री भिमसेनदास प्रधान, प्रदेश क मा हरिप्रभा खडगी र प्रदेश सभा ख मा बिष्णुभक्त तिमिल्सीनाले उम्मेद्धवारी दर्ता गराएका थिए । मनोनयनको दिन माओबादीको एक समुहले क्षेत्र नं ६ प्रदेश सभा क र ख मा उम्मेद्धवारी दर्ता गराएको छ ।
नेपाली काँग्रेस तारकेश्वर नगरले आयोजना गरेको उम्मेद्धवार परिचयात्मक कार्यक्रममा क्षेत्र नं ६ र क्षेत्र नं ७ मा गठबन्धनका तर्फबाट उम्मेद्धवार बनेका प्रतिनिनिधिसभा र प्रदेश सभाका उम्मेद्धवारहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रममा क्षेत्र नं ६ प्रदेश ख का उम्मेद्धवार बिष्णुभक्त तिमिल्सीनाले क्षेत्र नं ६ का जनताले बिबेक प्रयोग गरेर सत्ता गठबन्धनका उम्मेद्धवारलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै क्षेत्र नं ७ प्रदेश ख का उम्मेद्धवार सबिन तामाङले केन्द्र देखि बनेको सत्ता गठबन्धनको समिकरणलाई सबैले सम्मान गर्नुपर्ने बताँउदै क्षेत्र नं ६ मा पनी त्यसका कार्यान्वयन हुने बताउनुभयो ।

No description available.
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्याम खडगीले देशैभर गठबन्धन भइरहंदा क्षेत्रं ६ मा माओबादीको तर्फबाट उम्मेद्धवारी दर्ता गरिनु दुखद रहेको बताँउदै सहमती बिपरित हिडन खोजीए माओबादीलाई समेत समस्या हुने बताउनुभयो ।

No description available.
नेपाली काँग्रेस तारकेश्वरका नगरसभापति कृष्ण हरि महर्जनले केन्द्रको गठबन्धनको भाबना बिपरित कोहि कसैले हिडन नहुने बताँउदै क्षेत्र नं ६ को प्रदेश सभामा माओबादीको तर्फबाट उम्मेद्धवारी दर्ता हुनु दुखद रहेको बताउनुभयो । उहाँले प्रदेश सभा क र ख मा माओबादीको तर्फबाट गरिएको उम्मेद्धवारी दर्ता र्फिता लिएर सहमतीमा आउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा समाजबादी तारकेश्वरका अध्यक्ष नारायण श्रेष्ठले आफ्नो पार्टीले गठबन्धनको मर्म र भाबना अनुरुप क्षेत्र नं ६ मा गठबन्धनका तर्फबाट उम्मेद्धवारी दर्ता गराएका काँग्रेसका उम्मेद्धवारहरुलाई इमान्दारीतापुर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No description available.
कार्यक्रममा नेपाली काँग्रेस तारकेश्वरका पुर्व नगरसभापति श्रीराम थापाले पार्टी भित्रको असन्तुष्टीहरुलाई सम्बोधन गदै निर्वाचनमा काँग्रेसलाई जिताउन सबैले आ–आफ्नो ठाँउबाट लाग्नुपर्ने बताउनुभयो ।

No description available.
तारकेश्वर काँग्रेसका सचिब राजु फुंयालले सञ्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेस तारकेश्वरका उपसभापति जमुना तिमिल्सीना, सचिब शंकर तिमिल्सीना, कोषाध्यक्ष कपिल तिमिल्सीना सहित नगर कार्यसमितिको सदस्यहरु, वडा सभापति तथा वडा अध्यक्षहरु वडा नं कुमार राई, श्याम सापकोटा, घनश्याम श्रेष्ठ र पदाधीकारीहरु सहितको उपस्थीति रहेको थियो ।
कार्यक्रममा संस्कृतिबिद सत्यमोहन जोसीको निधन प्रति दुख व्यक्त गदै श्रदाञ्जली अर्पण समेत गरिएको नेपाली काँग्रेस क्षेत्र नं ६ का सहसचिब हिरा महर्जनले बताउनुभयो ।

No description available.

fg

प्रतिक्रिया दिनुहोस्

Array