नगरवासीको सेवामा नगरप्रमुख महर्जन अर्को महत्वपुर्ण काम, तारकेश्वर नगरपालिकामा चौबिसैघण्टा हटलाइन सेवा सुरु हुंदैे

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ कार्तिक २०७९, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले नगरवासीलाई आपतकालीन रुपमा सेवा दिन र नगरपालिकाका कामकारबाहि र जानकारीका लागि चौविसै घण्टा हटलाइन सेवा सुरु गर्ने भएको छ ।
निकट भबिष्यमानै सुरु हुने हटलाइन सेवाका लागि नगरबासिले १६६००१०२५५५ मा सम्पर्क गरि सेवा लिन सक्ने छन् । प्राकृतिक प्रकोप, दैवियबिपत्ती, आपतकालीन अवस्थामा समयमा नगरपालिकाबाट तत्काल जानकारी र सेवा लिन सक्ने गरि नगरपालिकाले हटलाइन सेवा सुरु गर्न लागेको हो । तारकेश्वर नगरपालिकाको भवनको अघिल्लो भागमा रहने हटलाइन सेवा का लागि पुर्वाधार तयार भइसकेको छ । आपतकालीन र अन्य अवस्थामा नगरवासिले हटलाइनमा फोन गरेर सेवा लिन सक्ने तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्ण हरि महर्जनले बताउनुभयो । रातको समयमा कुनै मानिस बिरामी भएर तत्काल अस्पताल जानको लागि एम्बुलेन्स उपलव्ध हुन नसकेको अवस्था तथा अस्पतालको नम्बर लगायतका आपतकालीन अवस्थाका समयमा हटलाइनमा फोन गरेर एम्बुलेन्स र आपतकालीन जानकारीहरु र सेवाहरु उपलव्ध हुनेछन् । हटलाइनमा उपत्यकाका बिभिन्न अस्पतालका नम्बरहरु, एम्बुलेन्सका नम्बरहरु र सरोकार राख्ने डक्टरहरुको नम्बरका साथै तारकेश्वर नगरपालिका अन्तर्गत कार्यरत डक्टर र स्वास्थ्यकर्मीहरुका नम्बरहरु हटलाइन मार्फत उपलव्ध हुनेछन् ।
साथै बाढी पहिरो, दैबिय बिपत्तीको समयमा आवश्यकता अनुसार रातको समयमानै तत्कालै स्काभेटर, नगरप्रहरी र अन्य सहयोग लिनु पर्ने परिस्थीतिमा हटलाइन मार्फत नगरवासीले सेवा लिन सक्नेछन् ।
हटलाइन मार्फत नगरपालिकाका बिभिन्न शाखाहरुको काम कारबाहीहरु, सवाहरुको चौविसै घण्टा चासो र गुनासो राख्न सकिने छ । तिन सिफ्टमा सञ्चालन हुने हटलाइन सेवामा दुई सिफ्टमा नगरपालिकाका निजामती कर्मचारी र रातको समयमा सुरक्षा गार्डले समन्वय गर्नेछन् । जनतालाई समन्वय गर्न सहयोग होस भन्ने हेतुले हटलाइन सेवाका अलावा पहिलाका नगरप्रमुख रामेश्वर बोहराले बोक्नु भएको पुरानो मोवाइल नम्बर समेत हटलाइन सेवाका लागि राखीने छ । नगरप्रमुखको सचिवालयका अनुसार पहिलाका मेयर सापले बोक्नु भएको नम्बर धेरै नगरवासीहरुसम्म पुगेकाले आपतकालीन अवस्थामा सोहि नम्बर मार्फत पनि सेवा लिन सहयोग पुग्ने भएकाले सोहि नम्बर समेत हटलाइनमा प्रयोग गर्न लागिएको हो ।
हटलाइनको आन्तरीक रेकर्ड समेत हुने भएकाले नगरपालिकाका कामकारबाही, बिभिन्न सेवाहरुका बारेमा नगरवासीहरुले राखेका गुनासोहरु नगरप्रमुखले सिधै सुन्ने व्यवस्था गरिने छ । जस्ले गर्दा नगरवासीका मागहरुलाई सम्बोधन गर्न र नगरपालिकाको काम कारबाही चुस्त र दुरुस्त हुन सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array