चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुन्छ–पर्यटनमन्त्री श्रेष्ठ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ , संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावपछि पनि गठबन्धन कायम रहने बताउनुभएको छ ।

प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिँदै उहाँले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गर्नुभयो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरु मिलेर वाम–लोकतान्त्रिक गठबन्धन कायम गरिएको जानकारी दिँदै संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि अहिलेको गठबन्धन निर्माण भएको प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array