नुवाकोटको थानापतिमा भिषण आगलागी, लाखौंको क्षती, साँझ पौने ९ बजे सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । नुवाकोटको शिवपुरी गाउँपालिका ८ थानापतिको सत्तरी स्थीत बिजय थापाको पसलमा आज साँझ आगलागी भएको छ ।
साँझ पौने ९ बजे तिर भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन्। थापाको पुरानो घरमा रहेको कपडा पसल हुंदै आगो हार्डवयर पसल सम्म फैलिएको छ । स्थानीयबासी र प्रहरी घटना स्थलमा पुगेर आगो नियन्त्रणको लागि प्रयास गरेपनि अझै आगो नियन्त्रणमा आउन नसकेको स्थानीय युवा सरोज थपलियाले बताए । आगलागी भएको ठाँउमा ठुलो संख्यामा स्थानीवासीहरुको उपस्थीति रहेको छ । यो समाचार तयार पर्दा साँझ ९.३० सम्म आगो नियन्त्रणमा आउन सकेको छैनन् । आगलागीबाट अहिले सम्म घर पुर्ण रुपमा जलेको तथा उक्त घरमा रहेको कपडा पसल पुर्ण रुपमा क्षती भइसकेको छ । आगो नियन्त्रण बाहिर जाँदा संगै रहेको थापाकै हार्डवेयर पसल सम्म फैलिएको छ । नजिकै बिजयका दाजु हरि थापाको किराना पसल र अन्य पसलहरु समेत रहेका छन् । आगो नियन्त्रणको लागि त्रिशुलीबाट भर्खर दमकल आइपुगेको छ ।

May be an image of 4 people, people standing, fire and outdoors

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्

Array