‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम कुनै कसर बाँकी नराख्ने’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ कार्तिक २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं , नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुुपर्ने नागरिकको चाहाना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताउनुभएको छ । आज यहाँ आयोजित चुनावी कार्यक्रममा उहाँले मुलुक निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

नेता सिंहले प्रशासनिक प्रक्रियामा झन्झटिलो रहेको, समयमा कहीँ काम नहुने गरेको भन्ने जनताको गुनासोको अन्तः गर्नु आफ्नो प्राथमिकता रहेको बताउनुभयो । राजनीतिक स्थायित्वले मात्र सुशासन कायम हुने र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने उहाँको भनाइ थियो ।

आगामी निर्वाचन मुलकमा राजनीतिक स्थिरता कायम गराउने र अस्थिरता चाहनेबीचको प्रतिस्पर्धा भएको उल्लेख गर्दै नेता सिंहले युवामा आशा जगाउन मुलुकभित्र काम गरेर घरपरिवारमा रमाउने वातावरण निर्माणमा जोड दिनुभयो ।

काठमाडौँको मुख्य समस्या खानेपानी, फोहर व्यवस्थापन, ट्राफिक जामलगायत न्यूनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू जनतामाझ आइरहेकाले विवेकपूर्ण निर्णय गर्न आममतदातालाई उहाँले आग्रहसमेत गर्नुभयो । –

प्रतिक्रिया दिनुहोस्

Array