महाकवि देवकोटाको जन्मजयन्तीमा कवि सम्मेलन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ, थाहा सञ्चार नेटवर्कले महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४औँ जन्मजयन्तीका अवसरमा आइतबार हेटौँडामा कवि सम्मेलन गरिएको छ । उक्त अवसरमा साहित्यकार निमेष निखिल, देवराज खरेल, पुरुषोत्तम आचार्य, भावना सापकोटा, अनिता न्यौपानेलगायत १२ जना कविले महाकवि देवकोटाको व्यक्तित्वबारे चर्चा गर्नाका साथै कविता तथा गजल वाचन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरुले महाकवि देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भए पनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको उल्लेख गर्नुभयो ।

थाहा सञ्चार नेटवर्कका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यता रहेको थियो । नेपाली साहित्यमा अतुलनीय योगदान पु¥याएका महाकवि देवकोटाको सम्मानस्वरुप उनको जन्मजयन्तीमा प्रत्येक वर्ष कवि सम्मेलन गरिँदै आएको रेडियो थाहा सञ्चारका स्टेसन म्यानेजर गोकुल अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array