नगरप्रमुखको निर्देशनमा तारकेश्वरमा बजार अनुगमन, बजारको बेथीति देखेर अनुगमन टोलीनै चकित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ कार्तिक २०७९, सोमबार
4 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको निर्देशनमा तारकेश्वर नगरपालिका भित्रका बजारहरुको अनुगमन सुरु गरिएको छ ।
नगरपालिका भित्र व्यवसायनै दर्ता नगरी सञ्चालन भइरहेको, चाडबाडको समयमा व्यवसायीहरुले चर्को मुल्य असुल्ने, खाध्यान्नमा मिसावट गर्ने र कार्टेलिङ गर्ने सम्मका गतिविधिहरु हुने गरेको पाइएपछि नगरप्रमुखको निर्देशनमा अनुगमन सुरु गरिएको हो ।
तारकेश्वर नगरपालिकाको बजार अनुगमन निर्देशीका २०७५ अनुसार हालै गठन गरिएको बजार अनुगमन टोली, उपभोक्ता अधिकारकर्मी, नेपाल प्रहरी र नगर प्रहरी सहितको संयुक्त टोलीले तारकेश्वर नगरपालिका वडा नं ६ जरङखुको जे एस सपिङ सेन्टर, निसल मिठाई पसल, चण्डेश्वरी खाध्य स्टोर र रुपेश खाध्य स्टोरको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा जरङखुको जे एस सपिङ सेन्टर काठमाण्डौं महानगरमा दर्ता गरेर तारकेश्वर नगरपालिकालाई बिना जानकारी जरङखुमा एक बर्ष देखि सञ्चालन भइरहेको पाइएको थियो । उक्त सपिङ सेन्टरमाले मिति सक्किएको सामान समेत बिक्री बितरण गरिरहेको पाइएकाले अनुगमन टोलीले उक्त सामानहरुलाई नष्ट गरेर व्यवसायीलाई सचेत गराँउदै वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको बजार अनुगमन टोलीका संयोजक धनपती राययादबले बताउनुभयो ।
त्यस्तै अनुगमनको क्रममा जरङखुको निसल मिठाई पसलको भान्सा निकै फोहर र पसल दर्तानै नगरी सञ्चालन भइरहेको पाइएको अनुगमन टोलीका सदस्य कोपीला देवकोटाले बताउनुभयो । व्यवयासीले उपभोक्ताको स्वास्थ्य प्रति खेलबाड गरिएको पाइएकाले पहिलो पटक गल्ती नदोहेरयाउने प्रतिबद्धता सहित तिहार पछि नगरपालिकामा सम्पर्क राख्न आग्रह गरिएको बताउनुभयो ।

No description available.

No description available.

त्यस्तै जरङखुको चण्डेश्वरी खाध्य स्टोरमा अनुगमनको क्रममा मिति सक्कीएका र्हलिक्स, कन्फ्लेक्स, चोकोफोन लगायतका बस्तुहरु भेटीएको छ भने सोहि ठाँउको रुपेश खाध्य स्टोरका केहि खाध्यपदार्थमा मिति र लेभल समेत नलगाई बिक्री बितरण भइरहेको पाइएको अनुगमनमा संलग्न तारकेश्वर नगरपालिका ८ का अध्यक्ष श्यामकृष्ण सापकोटाले बताउनुभयो ।
अध्यक्ष सापकोटाका अनुसार दुवै पसल वडा कार्यालयमा दर्ता समेत नगरी सञ्चालन भइरहेको पाइएको बताउनुभयो । वडा कार्यालयले पटक पटक व्यवसाय दर्ता गराउन सुचना जारी गर्दा समेत व्यवसायीहरुले वास्ता नगरेको बताँउदै सापकोटाले अब बिस्तारै वडा कार्यालय एक्सनमा जाने बताउनुभयो ।

No description available.

No description available.
तारकेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठले अनुगमनका क्रममा व्यवसायीहरुलाई अनुगमन टोलीले देखाएको गल्तीहरुलाई सुधार गरेर वडा कार्यालयमा व्यवसाय दर्ता गरेर सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो ।
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय सदस्य एवं तारकेश्वर नगरपालिकाको बजार अनुगमन टोलीका सदस्य तिर्थ नारायण महर्जनले नगरपालिका सचेतना फैलाउने र व्यवसायीलाई सचेत गराउने चरणमा रहेकाले बजार अनुगमनका क्रममा व्यवसायीहरुलाई स्थानीय निकायमा दर्ता गराउन र उपभोक्ता प्रति उत्तरदायी बन्न अनुगमन केन्द्रीत रहेको बताउनुभयो ।
उहाँले नगरपालिकाको अनुगमन टोलीले पहिलो चरणमा बजार अनुगमन गदै व्यवसायीलाई सचेत गराइने र अर्को चरणमा पुन गल्ती गरेमा कानुन अनुसार दण्ड जरिवाना गरिने बताउनुभयो ।
बजार अनुगमनमा तारकेश्वर नगरपालिकाको बजार अनुगमन टोलीका संयोजक धनपति राययादब, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, अनुगमन टोलीका सदस्य एवं राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय सदस्य तिर्थ नारायण महर्जन, मञ्चका काठमाण्डौ जिल्ला अध्यक्ष मदन श्रेष्ठ, तारकेश्वर नगर अध्यक्ष सानुबाबु महर्जन, अनुगमन टोलीका सदस्यहरु कोपीला देबकोटा, मिना कुमारी थापा, भरत पाण्डे, धर्मस्थली प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक शोभा त्रिताल लगायतको उपस्थीति रहेको थियो ।
अनुगमन गुनासो भएको ठाँउमा तत्कालै र आवश्यकता अनुसार नियमीत हुने छ ः नगरप्रमुख महर्जन
यता, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले अनुगमन टोलीले अब गुनासो भएको ठाँउमा तत्कालै र आवश्यकता अनुसार नियमीत रुपमा तारकेश्वरका बजारहरुको अनुगमन गर्ने बताउनुभयो ।
बजार अनुगमनको पहिलो चरण सुरु गरिएकाले यस अवधिमा उपभोक्ताको हित प्रति सचेत गराँउदै व्यवसायीहरुलाई समेत जिम्मेवार बन्न आग्रह गदै चेतना फैलाइने नगरप्रमुख महर्जनले बताउनुभयो ।
बजार अनुगमनको नाममा व्यवसायीहरुलाई आतंकीत पार्ने र नतिजा सुन्य हुने गरेको गुनासो प्रति नगरपालिका सचेत रहेको बताँउदै नगरप्रमुख महर्जनले उपभोक्ताको हित बिपरित गम्भीर काम गर्ने व्यवसायीहरुलाई प्रचलीत कानुन अनुसार कारबाही गरिने बताउनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array