तातोपानीमा कात्तिक स्नान मेला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थलमध्ये तातोपानी धारामा कात्तिक स्नान मेला सुरु भएको छ ।कात्तिक महिनाभर चल्ने मेलामा स्नान गर्न हजारौँ स्वदेशी तथा विदेशी भक्तजन पुग्ने तातोपानी धारा संरक्षण समितिले जनाएको छ । चौवालिस डिग्री सेन्टिग्रेड तापक्रमको पानी निरन्तर बगिरहने नेपाल र चीनको सिमानामा रहेको तातोपानी धारामा नुहाए छालासम्बन्धी रोग निको हुने जनविश्वास छ ।

धारा व्यवस्थापन समितिले केही वर्षअघिदेखि भक्तजनलाई स्नान गर्न सजिलो गराउने उद्देश्यले महिला र पुरूषका लागि छुट्टाछुट्टै धाराको व्यवस्था गरेको छ । महिलाका लागि तीन र पुरूषका लागि चारवटा धाराको व्यवस्था गरिएको उक्त समितिका पदाधिकारी विष्णु श्रेष्ठले बताउनुभयो ।

विसं २०४८ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेको कार्यकालमा तातोपानी धारा संरक्षण समिति बनाइएपछि धाराको मर्मतसम्भार तथा व्यवस्थापनको काम हुँदै आएको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array