तारकेश्वर नगरपालिका क्षेत्रका बजार अनुगमन जारी, बिक्रीका लागि राखिएका गुणस्तरहिन मिठाइ, खाध्यान्न, र तिहारका भाइमसला नष्ट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ कार्तिक २०७९, मंगलवार
5 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका भित्रका वडा नं ८ र ११ का बजारहरुको अनुगमन गरिएको छ ।
तारकेश्वर नगरपालिकाद्धारा गठन गरिएको अनुगमन टोलीद्धारा दुई वडा भित्रका १० वटा बिभिन्न व्यवसायहरुको अनुगमन गरिएको हो । अनुगमन टोलीले खाध्य स्टोर तथा पसलहरु ४ वटा, रक्सी पसल दुईवटा, मासु पसल, मार्ट, कवाडी र मिठाइ पसल १÷१ गरी १० वटा व्यवसायहरुको अनुगमन गरेको हो ।
तारकेश्वर नगरपालिका ८ का अध्यक्ष श्यामकृष्ण सापकोटाले नगरपालिकाले पहिलो चरणमा व्यवसायीहरुलाई सचेत गराउने र उपभोक्तामा जनचेतना फैलाउने उदेश्यले अनुगमन थालेको बताउनुभयो । उहाँले अनुगमनका क्रममा मिति नागेका खाध्यवस्तुहरुलाई नष्ट गदै व्यवसायीहरुलाई सचेत गराइएको बताउनुभयो ।

No description available.
आज अनुमगन गरिएका १० वटा पसलहरु मध्य एउटा पसलले मात्र स्थानीय निकायमा दर्ता गरेर सञ्चालन गरेको पाइएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय सदस्य एवं तारकेश्वर नगरपालिकाको बजार अनुगमन टोलीका सदस्य तिर्थ नारायण महर्जनले बताउनुभयो । महर्जनका अनुसार अनुगमन टोलीले तारकेश्वर नगरपालिका ८ शिव मन्दीर नजिक रहेका प्रतिभा मिट सप्लायर्स, केकेएनके लिक्वयर सप्लायर्स, दुप्चेश्वर खाध्य सप्लायर्स, सरोज खाध्य स्टोर्स, कवाडी पसल, लामबगरको मित्र एण्ड राज स्टोर, सिएन मार्ट, शान्तिटोलको न्यु सपुर सप्लायर्स, शेषमती पुलको नन्दन स्वीट र सोहि ठाँउको ग्लोरियर्स जनरल सप्लायर्स को अनुगमन गरेको छ । अनुगमनका क्रममा मिट सप्लायर्स वडा कार्यालयमा दर्तानै नगरी सञ्चालन गरेको तथा ढकतराजु नविकरण नगरिएको र फ्रोजन मममा लेभन नराखि बिक्री भइरहेको पाइएको अनुगमन टोलीका सदस्य महर्जनले बताउनुभयो ।
त्यस्तै लामबगरको केकेएनके लिक्वयर हाउसले लाखौं लगानी गरेर मदिरा बिक्री गरिरहेको भएपनि वडा कार्यालयमा दर्ता नगरी सञ्चालन भइरहेको पाइएको छ । अनुगमनको क्रममा दुप्चेश्वर खाध्य सप्लायर्स कानुनी रुपमानै नगरपालिक र वडा कार्यालयमा दर्ता भएको तथा सबै प्रकृया पुरा गरेर सञ्चालन भइरहेको पाइएको तारकेश्वको अनुगमन टोलीका सदस्य कोपीला देवकोटाले बताउनुभयो ।
त्यस्तै लामबगरको सरोज खाध्य स्टोरमा लेभल नयाँ राखेर पुराना र बिग्रन लागेका तिहारका भाइमसला बिक्रीका लागि राखेको पाइएको अनुगमन टोलीका संयोजक धनपति राययादबले बताउनुभयो । अनुगमन टोलीले उक्त पसलमा बिक्रीका लागि राखिएको भाइमसलाको पाकेट खोलेर हेर्दामा घुन लागेको तथा किस्मीस र छोकडाहरु समेत बिग्रीएको पाएपछि ति भाइमसलाका पाकेटहरु नष्ट गरेको यादबले बताउनुभयो । खाध्य स्टोर वडा कार्यालयमा दर्ता नगरी सञ्चालन गरिरहेकाले १५ दिन भित्रमा वडा कार्यालयमा सम्पर्क गरेर व्यवसाय दर्ता गर्न अनुगमन टोलीले आग्रह गरेको यादबको भनाई छ ।
त्यस्तै तारकेश्वर ८ लामबगर स्थीत मिन एण्ड राज स्टोरको समेत अनुगमन गरेको छ । पेप्सीका दुई दर्जन साना बोटलहरु म्याद सकिएको भेटीएपछि प्वाल पारेर नष्ट गरिएको थियो ।

No description available.
त्यस्तै लामबगरको शान्ति टोलमा रहेको न्यु सुपर सप्लायर्सको अनुगमन गर्ने क्रममा म्याद गुज्रीएका बेसार, खुर्सानीको धुलो, ह्याण्डवास र अन्य सामानमा म्याद गुज्रेको पाइएपछि नष्ट गरिएको थियो । त्यस्तै लामो समय देखि ढक तराजुको परिक्षण समेत नगरिएको र दुई बर्ष देखि व्यवसायको समेत नविकरण नगरिएको भेटिएको अनुगमनमा रहनु भएका वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठले बताउनुभयो ।
त्यस्तै लामबगज स्थीत सिएन मार्ट काठमाण्डौं महानगरपालिकामा दर्ता गरेर तारकेश्वर नगरपालिकाको लामबगरमा सञ्चालन गरेको भेटिएको अनुगमन टोलीका सदस्य सचिब चन्द्र घिमिरेले बताउनुभयो । मार्टले महंगो मुल्य लिएर बिक्री गरिरहेको भाइमसलाहरुमा कुनैमा पनी लेभल नराखिएको पाइएपछि बिक्री बितरणको लागि रोक लगाएर मार्टको एक्सपाइरी जोनमा राख्न लगाइएको घिमिरेले बताउनुभयो ।
त्यस्तै शेषमती पुलमा रहेको नन्दन स्वीटको भान्सा फोहर रहेको, ढुसी आएको मिठाइ बिक्रीका लागि राखिएको र लेबल समेत नराखी मिठाइ बिक्री गरिरहेको पाइएको अनुगमन टोलीका सदस्य भरत पाण्डेले बताउनुभयो । उक्त मिठाइपसलले मुल्य सुची नराखिएको र स्थानीय निकायमा समेत दर्ता गरेको नपाएपछि १५ दिन भित्रमा वडा कार्यालयमा दर्ता हुन निर्देशन दिइएको अनुगमन टोलीका सदस्य पाण्डेले बताउनुभयो ।

No description available.
त्यस्तै शेषमती पुलको ग्लोरीयस जनरल स्टोरमा म्याद गुजीएका पेय पदार्थ र खाध्य सामग्रीहरु भेटीएपछि टोलीले ति पदार्थहरुलाई नष्ट गरेको छ । साथै व्यवसाय वडा कार्यालयमा दर्ता नगरिएकाले अनिवार्य दर्ता गर्न निर्देशन दिइएको छ ।
बजार अनुगमनमा तारकेश्वर नगरपालिकाको बजार अनुगमन टोलीका संयोजक धनपति राययादब, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, अनुगमन टोलीका सदस्य एवं राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय सदस्य तिर्थ नारायण महर्जन, मञ्चका काठमाण्डौ जिल्ला अध्यक्ष मदन श्रेष्ठ, तारकेश्वर नगर अध्यक्ष सानुबाबु महर्जन, अनुगमन टोलीका सदस्यहरु कोपीला देबकोटा, मिना कुमारी थापा, भरत पाण्डे, धर्मस्थली प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक शोभा त्रिताल लगायतको उपस्थीति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

sd

प्रतिक्रिया दिनुहोस्

Array