अझै छ सय ४१ सक्रिय सङ्क्रमित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ,  पछिल्लो २४ घन्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार एक सय १७ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रिमत फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म १० लाख पाँच सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ८७ हजार आठ सय ६३ जना सङ्क्रमण मुक्त भएका छन् । आज ३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या छ सय ४१ छ ।

कोरोना सङ्क्रमणबाट हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ ले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

७७ जिल्लामा डेङ्गु, ४३ हजार बिरामी

मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी भेटिएका छन् । डेङ्गुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्