संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक : प्रवक्ता महत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ कार्तिक २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ, नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले संविधानमाथिको निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताउनुभएको छ । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न  पूर्वी नवलपरासी आउनुभएका महतले यो गठबन्धन संविधानमाथिको निरन्तर प्रहार रोक्नलाई बनेको भन्दै गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्ने बताउनुभयो ।

वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउँदै प्रवक्ता महतले उत्साहपूर्वक निर्वाचनमा होम्मिएर निर्वाचनमा लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो । “मङ्सिर ४ पछि पनि गठबन्धनले निरन्तरता पाउँछ, गठबन्धनको सरकार बन्छ त्यसपछि देशले नयाँ राजनीतिक बाटो समात्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array