स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौँ : नेता कोइराला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

कावासोती, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरुले बहुमत पाए स्थिरतासहित विकास दिने बताउनुभएको छ ।

नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई  सम्बोधन गर्दै नेता कोइरालाले बहुमत प्राप्त भएमा स्थिरतासँगसँगै विकास दिने बाचा गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन ।” आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काम खर्चिएको बताउनुभयो ।

“जिल्लामा ससाना काम भएकै छन् । अबको कार्यकाल विकासका लागि हो”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array