ब्रेन ड्रेनको समस्या पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रदिपको प्रतिबद्धता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार प्रदीप पौडेलले ‘ब्रेन ड्रेन’ को समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चुनाव प्रचारप्रसारको क्रममा मतदाताहरुले ‘ब्रेन ड्रेन’ को समस्याको सवाल उठाएपछि नेता पौडेलले आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

No description available.
मंगलबार घरदैलो अभियानका क्रममा नेता पौडेलले नेपालको मुख्य समस्या ब्रेन ड्रने रहेको र आफूले त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।‘मैले यसअघि नै बिसिडी मोडल तयार ब्रेन ड्रेनको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छु ।’ उनले भने, ‘त्यसलाई म प्राथमिकताका साथ राखेर काम गर्छु ।’त्यसैगरी वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई आफूले निराकरण गर्न देशमै रोजगारीको सुनिश्चितता कायम गर्ने बताए ।‘वैदेशिक रोजगारीलाई कतिपयले समस्याको रुपमा हेरेको छन्, तर त्यो हाम्रा युवायुवतीहरुको बाध्यता हो । देशमै केही गरेर रोजगारी दिने कुरामा म सधैँ प्रतिबद्ध छु ।’ नेता पौडेलले भने ।नेता पौडेल मंगलबार काठमाडौं महानगरपालिका वडा नं २ अन्तर्गत ग्रैरीधारा लगायतका क्षेत्रका मतदाताहरुसँग भेटघाट गरेका थिए ।

No description available.

No description available.

No description available.

sd

प्रतिक्रिया दिनुहोस्

Array