तारकेश्वरमा सञ्चालीत व्यवसाय ३५ दिन भित्र वडा कार्यालयमा दर्ता गर्न आग्रह, नविकरणको जरिवानामा समेत ५० प्रतिशत छुट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ कार्तिक २०७९, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाले नगरपालिका क्षेत्र भित्र रहेका व्यापार व्यवसायलाई ३५ दिन अनिवार्य सम्बन्धीत वडा कार्यालय वा नगरपालिमा दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरेद्धारा हस्ताक्षर गरि जारि गरिएको सुचनामा तोकिएको समय भित्र संघ वा प्रदेशका बिभिन्न निकायमा दर्ता भई तारकेश्वर नगरपालिकामा व्यापार व्यवसाय दर्ता नभएका तथा दर्तानै नगरी सञ्चालन भइरहेका व्यवसायहरुलाई सम्बन्धीत वडा कार्यालय वा नगरपालिकामा दर्ता गर्न अनुरोध गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन तथा तारकेश्वर नगरपालिकाको आर्थिक ऐनले समेत नगरपालिका क्षेत्र भित्र सञ्चालीत व्यापार व्यवसायहरुले अनिर्वाय रुपमा स्थानीय निकायमा दर्ता गनुपर्ने व्यवस्था गरेको छ ।
नगरपालिकाले अनुगमनको क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवासाय गरेको पाइएमा तारकेश्वर नगरपालिकाको आर्थिक ऐन २०७९ बमोजिम नियमानुसार जरिवाना असुल गरिने जनाएको छ ।

No description available.
नगरपालिकाले यस अघि नगरपालिका र वडा कार्यालयमा दर्ता भएका तर लामो समय सम्म व्यवसाय नविकरण नगरेका व्यवसायी तथा फर्महरुले ३५ दिन भित्रमा नविकरण गरेमा नविकरणमा लाग्ने जरिवानामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
तारकेश्वर नगरपालिकाको आर्थिक ऐन २०७९ बमोजिम व्यवसाय दर्ता सम्बन्धमा चालु आर्थिक बर्ष २०७९÷०८० मा हाल एक पटकका लागि चालु आर्थिक बर्षभर यस भन्दा अगाडि व्यवसाय सञ्चालन गरि नियम अनुसार वडा कार्यालयमा दर्ता नभएका सम्पुर्ण व्यवसायहरुलाई चालु आर्थिक बर्ष २०७९÷०८० लाई आधार बर्ष मानी व्यवसाय दर्ता गरिने एवं व्यवसाय नविकरण सम्बन्धमा यस भन्दा अगाडी दर्ता भएका तथा समयमा नवीकरण नभएका व्यवसायीहरुको हममा नविकरणमा लाग्ने जरिवानामा ५० प्रतिशत छुट दिइने तथा तोकिएको आव भित्र दर्ता तथा नविकरण नभएका व्यवसायीहरुको हकमा आर्थिक बर्ष २०७२÷०७३ लाइनै आधार बर्ष मानी कर तथा जरिवाना रकम समेत असुल गरिने उल्लेख गरिएको छ ।
केहि दिन अघि तारकेश्वर नगरपालिका प्रमुख कृष्ण हरि महर्जनको निर्देशनमा तारकेश्वर नगरपालिका क्षेत्र भित्र गरिएको बजार अनुगमनको क्रममा ९० प्रतिशत भन्दा बढी व्यवसायहरु तारकेश्वर नगरपालिका तथा वडा कार्यालयमा दर्ता नै नगरी सञ्चालन भइरहेको पाएको थियो ।
नगर प्रमुख महर्जनले नगरपालिका क्षेत्र भित्र सञ्चालीत व्यापार व्यवसायीहरुलाई जिम्मेवार बनेर नगरपाललिकाले तोकेको समय सिमा भित्र दर्ता हुन आग्रह गर्नुभयो ।
तारकेश्वर नगरपालिका काठमाण्डौंको स्थानीय निकाय भन्दा नमुना बनाउने उदघोष गर्नुभएका नगरप्रमुख महर्जनको सक्रियतामा तारकेश्वर नगरपालिकामा पर्यटन प्रबद्धन गर्नका लागि केहि दिनमा जिप लाइनीङको सर्बेक्षण समेत गरिदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array