तारकेश्वर नगरपालिकाको बित्तिय खर्च प्रगतिमा छलाङ, आर्थिक बर्षको तिन महिना नपुग्दै ११ प्रतिशत बढी बजेट खर्च

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको बित्तिय खर्च प्रगतिमा निकै सुधार आएकोे छ ।
नगरप्रमुख कृष्ण हरि महर्जनको कुसल नेतृत्व, प्रमुख प्रशासकिय अधिकृतको संयोजनकारी भुमिका र कर्मचारीहरुको साथ र सहयोगका कारण चालु आर्थिक बर्षको तिन महिना नपुग्दै नगरपालिकाले बिनियोजन गरेको बजेटको ११ प्रतिशत भन्दा बढी रकम खर्च भएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्र प्रसाद घिमिरेका अनुसार नगरपालिकाले चालु तर्फ १३ करोड ६७ लाख ७६ हजार र पुंजीगत तर्फ ८ करोड बढी खर्च भएको छ । नगरपालिकाले भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य र बिपद व्यवस्थापन लगायतमा उक्त रकम खर्च भएको हो । नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८० का लागि २ अर्ब ६ करोड बढीको रकम बिनियोजन गरेको छ ।
गत आर्थिक बर्षको यसै अवधिमा तारकेश्वर नगरपालिकामा मुस्कीलले ८ प्रतिशत बजेट खर्च हुने गरेको थियो । महालेखा नियन्त्रणको कार्यालयका सुचना अधिकारी कृष्ण पुडासैनीले काठमाण्डौं उपत्यकाका स्थानीय निकायहरु मध्य तारकेश्वर नगरपालिकाको बित्तिय खर्च प्रगतिमा सन्तोष जनक रुपमा सुधारमा आएको बताउनुभयो । उहाँले बिगतमा लेखा परिक्षणका क्रममा देखिएका समस्याहरुलाई सुधार गदै लैजानुपर्ने समेत बताउनुभयो ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरवासीहरुका कामकारबाहीमा सहजता र बिकास निर्माणमा द्रुत गतिमा काम कारबाही अगाडी बढाउन पटक पटक निर्देशन दिंदै आउनुभएको छ । बिकासका काममा प्रकृया पुर्याएर आएमा नगरपालिकामा फायल रोकिने अवस्था नरहेकाले बिकासका कामहरु धमाधम भइरहेका छन् । नगरप्रमुख महर्जनको निर्देशनमा झोरमा यसै बर्ष बाढीले बगाएको पुल तिन महिना नपुग्दै निर्माण भइसकेको छ । त्यस्तै नगरपालिकाले ६ वटा टेण्डर निकालेर बिकास निर्माणका कामलाई दु्रुत गतिमा अगाडी बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array