प्रमुख आयुक्त दिनेश थपलिया र जापानी राजदूतबीच भेटवार्ता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ कार्तिक २०७९, बुधबार
0 Min Read
Aa

काठमाण्डौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि जापानी राजदूत युताका किकुताबीच आज भेटवार्ता भएको छ । नेपालको आसन्न निर्वाचनका सन्दर्भमा सो अवसरमा कुराकानी भएको थियो ।

कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न राजदूत युताकालाई आग्रह गर्नुभएको थियो ।—

प्रतिक्रिया दिनुहोस्

Array